मंगलबार, चैत ३, २०८२

पेरूमा शक्तिशाली भूकम्प

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं - पेरूको उत्तरी क्षेत्रमा आइतबार विहानै ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ विभाग (यूएसजीएस) ले जनाएको छ।

भूकम्पका कारण घरभित्र बसीरहेका स्थानीयबीच केही समय भागदौड मच्चिएको थियो भने भूकम्पपछि उक्त क्षेत्रमा विद्युत सेवा आइतबार दिनभर अवरूद्ध भएको छ। ग्रीनवीच समय अनुसार ७:४१ बजे गएको भूकम्पको केन्द्रविन्दु पेरूको दक्षिणपूर्वी शहर लागुनासबाट ७५ किलोमिटर टाढा ब्राजिलीयाली सिमाना क्षेत्रमा ११० किलोमिटरको गहिराइमा रहेको यूएसजीएसले जानकारी गराएको छ।

भूकम्प शक्तिशाली भएको र यसको धक्का, मध्य तथा उत्तरी पेरू र छिमेकी मुलुक इक्वेडरमा समेत महशुस गरिएको बताइएको छ। 

भूकम्पका कारण भएको क्षतिबारे तत्काल कुनै विवरण प्राप्त हुन सकेको छैन तर शक्तिशाली धक्का महशुस भएकोले यसबाट मानवीय क्षति तथा भौतिक संरचनामा क्षति पुगेको हुनसक्ने अनुमान गरिएको छ। भूकम्पका कारण पुगेको क्षतिको विवरण लिन प्रहरी तथा स्थानीय समुदाय गाउँगाउँमा खटिइरहेको बताइएको छ।

जमिनको सतहदेखि निकै गहिराइमा केन्द्रविन्दु रहेकाले यसबाट जमिनको सतहमा न्यून क्षति हुने गरेको अमेरिकी भूगर्भ विभागले जनाएको छ। स्थानीयहरूले भूकम्पका कारण केही घरहरू भत्केका र थुप्रै निजी तथा सार्वजनिक भवनहरूमा आंशिक क्षति भएको बताएका छन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।