काठमाडौं- आरिफ शेख र दिलिप नाथको उथ्त्कृष्ट प्रदर्शनमा विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजति गरेका छ । मुलपानि क्रिकेट मैदानमा आइतबार भएको खेलमा पुलिसले कर्णाली प्रदेशलाई ९४ रनको फराकिलो अन्तरले पराजित गरेका हो।
पुलिसले दिएको १ सय ८६ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली प्रदेशले २७ ओभरमा सबै विकेट गुमाउँदै मात्र ९१ रन बनाउन सक्यो । कर्णाली प्रदेशका लागि सुहान्त थापाले सर्वाधिक २९ रन बनाए । उनले ३० बलमा ५ चौका प्रहार गर्दै २९ रन बनाएको थिए ।
त्यस्तै महेश खत्रीले १० रन जोड् बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । कर्णालीलाई सस्तैमा समेट्न आरिफ शेखले सर्वाधिक ४ विकेट लिए । त्यस्तै सागर ढकाल र पवन सराफले एक् एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ४१ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८५ रन बनाएको थियो । पुलिसका लागि दिलिप नाथ र कुशल भुर्तेलले अर्धशतकीय पारी खेलेका थिए ।
नाथले ८४ बलमा ५ चौका र १ प्रहार गर्दै ७२ रनको उत्कृष्ट अर्धशतकीय पारी खेलेका थिए । त्यस्तै कुशलले ७७ बलमा ६ चौका र १ छक्काको मद्दतमा ६२ रनको योगदान दिए । पुलिसका अन्य ब्याट्सम्यनले भने दोहोरो अंकमा रन छुन सकेनन् ।
कर्णालीका लागि सुदन पोखरेलले सर्वाधिक ५ विकेट लिए । त्यस्तै दिवन पुनले २ तथा दिनेश अधिकारी र रबिन्द्र शाहीले एक एक विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४