सोमबार, चैत ३०, २०८२

पल्सर स्पोर्टस् अवार्ड असार १७ गते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले हरेक वर्ष आयोजना गर्दै आएको बजाज पल्सर स्पोर्टस् अवार्ड २०७५ आगामी असार १७ गते हुने भएको छ । १६ औं संस्करणको स्पोर्टस् अवार्ड असार १७ गते प्रदान गरीने आयोजक मञ्चले आइतबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । 

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा भव्य कार्यक्रकासाथ विभिन्न १० विधामा अवार्ड प्रदान गरिने छन् । अवार्ड वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र टिम अफ द इयर गरी ९ विधामा अवार्ड प्रदान गरिने मञ्चले जनाएको छ । 

त्यस्तै यस वर्ष एक नयाँ विधा थप गरिएको छ । यस वर्ष मञ्चले इन्टरनेशनल एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड थप गरेको मञ्चमा अध्यक्ष दुर्गानाथ सुवेदीले जानकारी दिए । 

अवार्डमा वर्ष खेलाडी पुरुष र महिला, पिपल्स च्वाइस र प्रशिक्षक गरी चार विधाका विजेताले बजाज पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । अन्य विधाका विजेताले जनही ५० हजार नगदन तथा गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् । 

अवार्ड कार्यक्रमको मुख्य प्रायोजनमा हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालि रहेको छ । प्रायोजनाका लागि मञ्चका अध्यक्ष सुवेदी र हंशराजतर्फबाट अभिमन्यु गोल्छाले आइतबार एक कार्यक्रमकाबीच सम्झौता पत्रमा हस्ताक्षर गरे । 

सम्झौतासँगै हंशराज हुलासचन्दले मञ्चलाई यस वर्ष साढे २८ लाख रुपैयाँ बराबरको नगद र जिन्सी सामान उपलब्ध गराउने छ । जसमा ४ विधाका खेलाडीले पाउने पल्सर बाइक पनि रहने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।