आइतबार, साउन २४, २०८३

भारीको ह्याट्रिकमा आर्मीको लगातार दोस्रो जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- सुशन भारीको ह्याट्रिको मद्दतले तेस्रो संस्करणको प्रधानमन्त्रि कप एकदिवसीय क्रिकेटमा विभागीय टोली त्रिभुवन आर्मीले लगातार दोस्रो जित निकालेको छ । आइतबार टियु मैदानमा भएको खेलमा आर्मीले प्रदेश १ लाई ११३ रनको फराकीलो अन्तरले पराजित गर्दा भारीले ह्याट्रिक विकेट लिएका थिए । 

आर्मीले दिएको २ सय ४ को मध्यम लक्ष्य पछ्याएको प्रदेश १ ले २६.५ ओभरमा सबै विकेट गुमाउँदै मात्र ९१ रन बनाउन सक्यो । प्रदेश १ का लागि राजन मगरले सर्वाधिक २६ रन जोडे । उनले २३ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २६ रन जोडेका हुन् । 

त्यस्तै मुकुन्द यादवले १८ र रभी रोयले १० रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । प्रदेश १ लाई सस्तैमा समेट्न आर्मीका भारीले ह्याट्रिक लिए भने तिब्र गतिका बलर करन केसीले दुई विकेट लिए । त्यस्तै जितेन्द्र मुखिया, हरी चौहान र शाहव आलमले एक लएक विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याछिटङ गर्ने निर्णय गरेका आर्मीमा लागि राजेश पुलामी मगरले अर्धशतकीय पारी खेलेका थिए । उनले ९३ बलको सामना गर्दै ४ चौकाको मद्दतमा ५६ रन जोड्दै आर्मीको स्कोरलाई माथि उकासेका थिए । 

त्यस्तै हरि चौहानले ४१ रनको योगदान दिए । उनले ५१ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ४१ रन जोडेका थिए । कप्तान विनोद भण्डारीले ३४ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३० रन जोडे । करन केसीले २६ र कुसल मल्लले १६ रन जोडेका थिए । 

प्रदेश १ का लागि दिपेस कँडेलले तीन विकेट लिए । त्यस्तै मुकुन्द यादव, सिद्वान्त लोहनी र फिर्दोस अन्सािरीले समान दुई दुई विकेट लिँदा पुस्प थापाले एक पिवकेट लिएका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।