आइतबार, साउन २४, २०८३

तारमा अल्झिएको सहर (तस्बिर/भिडियो)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सहरमा सबैको व्यस्त दैनिकी । हामी हिड्दा होस् वा सवारीमा होस् सामान्यतया : सिधा अगाडि मात्र हेरिरहेका हुन्छौं। हाम्रो टाउकोमाथि हेर्ने फुर्सद हुँदैन हामीलाई । 

तर कहिलेकाँही टाउको माथितिर हेर्दा निकै कुरुप दृश्य देखिन्छ हाम्रो सहरको । लाग्छ माथि तारैतारको गुँड छ, तल हामी अस्तव्यस्त सडकमा हामी रमाइरहेका छौं। सडक नै ढाकिने गरी तारको यो भद्रगोल गुँडले सहरको सुन्दरतालाई मात्र गिज्जाइरहेको छैन, सुरक्षालाई पनि चुनौती दिइरहेको छ।

राजधानीका चोक र गल्लीमा तारका गुजुल्टाले सहरी सौन्दर्यलाई नै कुरुप बनाइदिएको छ। बिजुली, टेलिफोन, केबुल र इन्टरनेट सेवा प्रदायक कम्पनीले एउटै पोलमा धेरै तार टाँगेपछि अव्यवस्थित भएका छन्। यसको व्यवस्थापनमा न महानगरपालिकाले चासो देखाएको छ न त सेवा प्रदायक कम्पनी नै सजग छन्। 



यो नयाँ समस्या होइन । वर्षौदेखि पोल र सडकमा झुन्डिएका यी तारहरुको वैज्ञानिक व्यवस्थापनमा सरोकारवाला निकायहरु उदासिन देखिन्छन् । यसमा सबैभन्दा जिम्मेवार बन्नु पर्ने निकाय काठमाडौं महानगरपालिका अनेकन समस्या देखाएर पन्छिदा नगरको कुरुपता र सुरक्षा जोखिम बढेको छ। 



प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।