एजेन्सी- क्रिकेटको महाकुम्भ आईसीसी विश्वकप एकदिवसीय क्रिकेटमा युवा देखी पाका खेलाडी आफ्नो छाप छोड्न तयार देखीएका छन् । ३० मेदेखी इंग्ल्यान्ड र वेल्समा आयोजना हुने १२ औं संस्करणको विश्वकप एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रीकाका अनुभवी खेलाडी इमरान ताहिरदेखी अफ्गानिस्तानका सबै भन्दा युवा खेलाडी मुजिब उर रहमानले सहभागीता जनाउने भएका छन् ।
मुजिब यतिबेला १८ वर्षका भएका छन् । त्यस्तै विश्वकपमा सहभागिता जनाउने बसै भन्दा पाका उमेरका ताहिर ४० बर्ष पुरा भएका छन् । स्पिनिर मुजिबले ३० एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै ५१ विकेट लिएका छन् । हालसम्म खेलेको एकदिवसीय प्रतियोगितामा ५० रन खर्चेर ५ विकेट मुजिबको सबै भन्दा उत्कृष्ट प्रदर्शन हो ।
यता लेग स्पिनर ताहिरले आफ्नो खेल जीवनमा उमेरलाई हावि हुन दिएका छैनन् । भखैरै सम्पन्न इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेटमा ताहिरले सर्वाधिक २६ विकेट लिएका थिए । चेन्नाई सुपर किङ्सबाट आइपिएल खेलेका ताहिरले सर्वाधिक विकेट लिँदै पर्पल क्याप जितेका थिए । यस विश्वकपमा ३५ वर्ष माथिका १३ खेलाडी छन् ।
विश्वकपमा सहभागि पाँच सबै भन्दा युवा खेलाडी
विश्वकपमा सहभागी हुने पाँच सबै भन्दा पाका खेलाडी
विश्वकपमा सबै भन्दा कम उमेरको रेकर्ड
क्यानडाका नीतिस कुमारले विश्वकपमा सहभागिता जनाउने सबै भन्दा कान्छो खेलाडीको रेकर्ड बनाएका छन् । नीतिसले आफ्नो पहिलो विश्वकप २०११ मा खेलेका थिए । उनले जिम्बाब्बेविरुद्ध मैदान उत्रिदै विश्वकपमा सहभागिता जनाउने सबै भ्नदा कान्छो खेलाडीको रेकर्ड बनाएका हुन् । उक्त समय नीतिसको उमेर १६ वर्ष ९ महिना र ७ दिन रहेको थियो ।
विश्वकपमा सबै भन्दा पाको उमेरको रेकर्ड
विश्कपमा सबैभन्दा पाको उमेरको खेलाडीको रेकर्ड नेदरल्यान्डका नोलान क्लार्कको नाममा छ । क्लार्कको १९९६ को विश्वकप अन्तिम विश्वकप हो । न्युजल्यान्डविरुद्ध मैदान उत्रिदै क्लार्कले ४७ वर्ष २४० दिन हुँदा विश्वकपमा सहभागिता जनाउने सबैभन्दा पाको खेलाडीको रेकर्ड बनाएका हुन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४