आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कमल थापाको दाबी : 'भाजपा जस्तै राप्रपा अग्रणी शक्ति बन्छ' 

कमल थापाको दाबी : 'भाजपा जस्तै राप्रपा अग्रणी शक्ति बन्छ' 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी निर्वाचनमा राप्रपा अग्रणी शक्तिको रुपमा उदाउने बताएका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै थापाले हिन्दुत्वको ऐजेण्डा बोक्ने राप्रपा देशको अग्रणी शक्ति बन्ने दाबी गरे।

‘भारतको निर्वाचनमा हिन्दुत्वको एजेण्डा बोकेको भारतीय जनता पार्टीले छोटो समयमा प्रगति गर्दै प्रचण्ड वहुमत पुर्‍याएर सरकार बनाउन सक्छ भने हामीले मेहनत गर्दा आगामी निर्वाचनमा राप्रपालाई अग्रणी शक्ति बन्न बाट कसैले रोक्न सक्दैन।', थापाले भने।

थापाले परिवर्तनकारी भन्ने दलहरुको अकर्मण्यताकै कारण ४० लाख नेपाली युवाहरुले सामान्य रोजगारको लागि खाडी मुलुकमा पसिना बगाइरहनुपर्ने स्थिती आएको आरोप लगाए। युवाहरुलाई देशमै उचित व्यवस्थापन गर्ने दुरगामी सोचका साथ राप्रपा क्रियाशिल रहेकोले पार्टीको उद्देश्यलाई साकार पार्न सम्पूर्ण युवा, विद्यार्थी तथा महिलाहरुलाई राप्रपाको झण्डामुनी गोलवद्ध हुन उनले आग्रह समेत गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।