आइतबार, साउन २४, २०८३

जडेजाको अर्धशतकमा न्युजल्यान्डलाई मध्यम लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- भारतीय क्रिकेट टोलीका अलराउण्डर रबिन्द्र जडेजाको अर्धशतकको मद्दतले विश्वकप वार्मअप खेलमा भारतले न्युजल्यान्डलाई १ सय ८० रनको मध्यम लक्ष्य सुम्पेको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको भारतले ३९.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ७९ रन जोडेको हो ।
 
भारतले १९.४ ओभरमा ६ विकेट गुमाएर मात्र ८१ रन जोडेको अवस्थानमा मैदान प्रवेश गरेका जडेजाले भारतको पारी उकास्न ५४ रनको अर्धशतकीय पारी खेले । उनले ५० बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५४ रनको योगदान दिएका हुन् । 

त्यस्तै हार्दिक पाण्डेयले ३६ बलमा ६ चौका प्रहार गर्दै ३० रन को योगदान दिए । कुलदीप यादवले १९, कप्तान विराट कोहलीले १८ र महिन्द्र सिंह धोनीले १७ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । 

भारतलाई सस्तैमा समेट्न न्युजल्यान्डका लागि ट्रेन्ट बोल्टले चरा विकेट लिए । त्यस्तै जेम्स निसामले समान तीन तथा टिम साउथी, लुकी फेर्गुसन र कोलिन डे ग्रान्डोमीले एक एक विकेट लिए । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।