आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पूर्व प्रधानन्यायधीश खत्रीको अन्त्येष्टि, आइतबार देशभरका अदालत बन्द हुने

पूर्व प्रधानन्यायधीश खत्रीको अन्त्येष्टि, आइतबार देशभरका अदालत बन्द हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं–पूर्व प्रधानन्यायधीश नयनबहादुर खत्रीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। खत्रीको ९६ वर्षको उमेरमा बिहीबार राति निधन भएको थियो। विस १९८० साल असोज ३ गते ललितपूरमा खत्रीको जन्म भएको थियो। २०३३ सालमा सर्वोच्चको प्रधानन्यायाधीश बनेका खत्री २०४२ सालसम्म प्रधानन्यायाधीश रहेका थिए।

सर्वोच्च अदालतका न्यायाधीशहरुको पशुपति आर्यघाटमा बसेको बैठकले पूर्व प्रधानन्यायाधीश खत्रीको निधनमा शोक प्रस्ताव पारित गर्दै आइतबार देशभरका सबै अदालत बन्द गर्ने निर्णय समेत गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।