आइतबार, साउन २४, २०८३

भ्रष्टाचार गर्ने सेनाका कर्नेल जेल चलान 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सैनिक अदालतले भ्रष्टाचारमा कसुर ठहर भएका कर्नेललाई जागिरबाट बर्खास्त गरे जेल चलान गरेको छ । 

उदयपुरस्थित कालीसिद्धी गणको प्रमुख रहेका प्रमुख सेनानी (लेफ्टीनेन्ट कर्नेल) केशवराज कार्कीले सरकारी बजेट अन्तर्गतको पचास लाख रकम भ्रष्टाचार गरेको ठहर गर्दै उनलाई शुक्रबार राति नै जेल चलान गरिएको छ। 

सेनाको समरी जनरल अदालतले पेस गरेको निर्णय शुक्रबार प्रधानसेनापति पूर्णचन्द्र थापाले सदर गरेपछि उनलाई सेवाबाट बर्खास्त गरेर तीन महिना कैद सजाय गर्ने फैसला सुनाइएको जानकारी सैनिक जनसम्पर्क निर्देशनालयले दिएको छ।

सरकारी बजेटमा हिनामिना भएको उजुरी प्राप्त भएपछि त्यसबारेमा कोर्ट अफ इन्क्वारी बोर्डले छानबिन गरेको थियो ।

तोकिएको काम नगरी करिब पचास लाख उनले भ्रष्टाचार गरेको छानबिनबाट देखिएको छ । छानबिनबाट भ्रष्टाचारको कसुर देखिएपछि गत वैशाख २३ गते सैनिक समरी जनलर अदालत गठन भएको थियो । जेठ तीन गते सुनुवाइ सकिएपछि शुक्रबार फैसला सुनाइएको हो । उनले हिनामिना गरेको ४९ लाख कार्कीबाट असुलउपर गर्ने गरी फैसला भएको छ।
 
भष्टाचारविरुद्ध शून्य सहनशिलताको नीतिअनुसार प्रधानसेनापति पूर्णचन्द्र थापाले आर्थिक अनियमिता तथा अनुचित काममा संलग्न सैनिक कर्मचारीमाथि प्रभावकारी रुपमा कारबाही अघि बढाउँदै आएका छन् । भर्ना छनोटमा अनियमिता गर्ने १८१ जना सैनिक कर्मचारीलाई कारबाही गरेका थिए । त्यसैगरी रिपुमर्दिनी स्कूलमा नियमिता गर्ने शिक्षकमाथि पनि केही समयअघि कारबाही भएको थियो ।
 
सेनाको कारबाहीलाई अझ् स्वच्छ, मर्यादित र व्यवसायिक बनाउनका लागि प्रधानसेनापतिकै विशेष पहलमा नयाँ आचारसंहिता लागु गरिएको छ। आचारसंहिताको प्रभावकारी कार्यान्वयमा सैनिक नेतृत्वले जोड दिदै आएको छ र उलंघन गर्नेमाथि कारबाही हुँदै आएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।