आइतबार, साउन २४, २०८३

अछाममा भिषण आगलागी, सात घर जलेर नष्ट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- अछामको ढकारी गाउँपालिका–४ बलातामा भिषण आगलागी भएको छ । 

आगलागीबाट सात वटा घर जलेर नष्ट भएका छन् भने सयौ पशु चौपाया जलेका छन् । बलाताको बुढाबाडा टोलमा बेलुकी करिव सात बजेतिर लागेको आगोबाट सात घर र घरको गोठमा रहेका सयौ पशु चौपाया जलेको स्थानीयले जनाएका छन् । 

स्थानीय प्रेम बुढाले दिएको जानकारी अनुसार मीन बुढाको घरबाट सुरु भएको आगोले सात घर पुर्ण रुपमा जलेका छन् भने घरको गोठमा रहेका सबै पशु चौपाया जलेका छन् । घरमा रहेका अन्नपात लुगाकपडा सबै जलेका छन् । प्रत्येकको गोठमा कम्तिमा पनि २०–२५ बाख्रा र गाई गोरु रहेकाले जलेका पशु चौपायाको संख्या सय बढी हुन सक्ने बुढाले बताए । 

मीनको घर नजिक बारीमा झारपात जलाउन बालेको आगो घरमा सल्किएको अनुमान स्थानीयले गरेका छन् । मीन बुढाको घरबाट नजिकै रहेको वडा अध्यक्ष भक्त बुढाको घर हुँदै रुदा बुढा, जोगी बुढा, इन्द्र बुढालगायतको घरमा सल्किएको उनले जानकारी दिए । 

आगलागी शनिबार बिहान मात्र नियन्त्रणमा आएको छ । रातभर स्थानीय र प्रहरी आगो नियन्त्रणमा जुटेका थिए । मीन बहादुर बुढाका ५० बढी पशु चौपाया जलेका छन् । गाउँ नजिकै रहेको भडार (कुल देउताको पुजा गर्ने ठाउ) पनि जलेको छ । जसमा रहेका सुन चादी सबै जलेका छन् । अछामको दक्षिण भुभागमा पर्ने बलाता भौगोलीक रुपमा निकै बिकट मानिन्छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।