एजेन्सी- पोर्चुगिज सुपरस्टार खेलाडी क्रिस्यिानो रोनाल्डोको युभेन्ट्समा डेब्यु सिजन उत्कृष्ट रहेको उनका सुहकर्मी गोर्गिओ चेइलिनीले बताएका छन् । ‘रोनाल्डो फुटबलमा ढेउता हुन् । उनले युभेन्ट्समा उत्कृष्ट डेब्यु रगेका छन् ।’
गोर्गिओले भने, ‘रोनाल्डोले युभेन्टसमिा भएको ग्याबलाई भर्न महत्वपूर्ण भुमिका खेले । त्यसैले उनी फुटबलमा सबैका लागि एक उदारण हुन् ।’ उनले थपे, ‘रोनाल्डो आफ्नो काम प्रति धेरैनै केन्द्रित हुन्छन् । त्यसैले पनि होला उनले क्लबलाई एकत्रित गर्न महत्वपूर्ण भुमिका खेले ।’
रोनाल्डोले सधै नदोहरीने कार्य गर्दै आएको उनले बताए । यसै सिजनको सुरुवातमा स्पेनसि क्लब रियल मड्रिडबाट युभेन्ट्स पुगेका रोनाल्डोले यस सिजन सिरी ए का ३१ खेलमा २१ गोल गरेका छन् भने ८ गोलका लागि पास उपलब्ध गरेका छन् । रोनाल्डोले युभेन्ट्सका लागि सबै खाले ४३ खेलमा २८ गोल गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४