आइतबार, साउन २४, २०८३

देउता रिसाउने डरले अझै हटेन छाउपडी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

बाजुरा- बाजुराको डोगडीमा छाउपडी प्रथा अझै कायमै रहेको पाइएको छ । रजस्वला भएका महिलालाई अलग्गै छाउगोठमा राख्ने चलनले अझै निरन्तता पाएको भेटिएको हो । 

महीनावारी भएको समयमा घरपरिवारमा छोइहालेमा घरमा अनिष्ट हुने, देवीदेवता रिसाउँछन् पाप लाग्छ भन्नेजस्ता परम्परागत रुढीवादी र अन्धविश्वासबाट महिला पीडित हुने गरेका छन् । 

साविकको डोगडी गाविस हाल खप्तड छेडेदह गाउँपालिका–५ का महिला महीनावारी वा सुत्केरी भएको समयमा घरमा प्रवेश गर्न नहुने अन्धविश्वासका कारण घरभन्दा टाढा रहेको गोठमा बस्ने गर्छन् । छाउपडी भएका बेला घरभित्र पस्न नदिने, घरभित्रको काम गर्न नदिने, दूध दही महीजस्ता पोषणयुक्त खानेकुरा खान नदिने गरेको स्थानीय महिला भुजी सुनारले बताइन् ।  

स्थानीय सरकारले समेत वास्ता नगरेको स्थानीय महिलाको आरोप रहेको छ । परम्परागत सामाजिक मूल्य र मान्यता, जनचेतनाको कमी, लैङ्गिक विभेद, अशिक्षा, उपयुक्त नीति नियमको अभावका कारण यो प्रथाले निरन्तरता पाउँदै आएको स्थानीय सीता सुनारले बताइन् ।   

ओछ्याउने कपडाको अभावमा जाग्राम बसेर रात काट्नुपर्ने बाध्यता रहेको स्थानीय लक्ष्मी रावतले बताउनुभयो । कानूनमा कसैले छाउपडी प्रथालाई मान्यता दिएमा तीन महिनासम्म कैद, रु तीन हजार  जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था गरेको छ । 

गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले आफूहरुले गाउँपालिकाबाट विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेकाले छाउगोठ नभएको दाबी गरे । यदि यो प्रथालाई प्रश्रय दिएको पाइएमा गाउँपालिकाको न्यायिक समितिमा उजुरी गर्न उनले आग्रह गरे । 

अध्यक्ष रावतले जो पीडित महिला छन् उनीहरुले गाउँपालिकामा उजुरी दिन अनुरोध गदैँ गाउँपालिकाले त्यस्ता गतिविधि अन्त्य गर्ने विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको बताए । हाल बाजुराका नौ वटा स्थानीय तहमा रहेको तीनसय छाउगोठमध्ये २०० बढी भत्काइसकिएको छ ।  रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।