आइतबार, साउन २४, २०८३

जग्गा हालसाविक गर्दा डेढ लाख घुस

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सामान्यतया जग्गाको हालसाविक गर्दा तोकिएको न्यूनतम शुल्क बाहेक अरू कुनै रकम तिर्नु पर्दैन तर नापी कार्यालयका कर्मचारीले मोटो रकम लाग्ने भन्दै सेवाग्राहीसँग घुस लिने गरेको पाइएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा हालसाविक गर्न मोटो रकम घुस माग्ने नापी कार्यालयका सर्वेक्षक पक्राउ गरेपछि सो कुराको खुलासा भएको हो । जग्गाको हालसाविक गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको अभियोगमा नापी सर्वेक्षक र लेखापढी व्यवसायीलाई घुससहित फक्राउ गरेको छ । 

आयोगका अनुसार नापी कार्यालय साँखु, काठमाडौँका नापी सर्वेक्षक श्यामकृष्ण न्यौपाने र लेखापढी व्यवसायी विष्णु केसीले एक सेवाग्राहीसँग रु एक लाख ५० हजार घुस लिएको पाइएको छ । 

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आरोपीद्वयलाई बिहीबार नापी कार्यालय साँखु परिसरबाट पक्राउ गरेको हो । आरोपीद्वयको अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।