एजेन्सी- स्पेनिस ला लिगा च्याम्पियन क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले लगातार तेस्रो पटक युरोपेली गोल्डेन बुट जित्दै कीर्तिमान रचेका छन् । यससँगै उनले छैटौं पटक गोल्डेन बुट अवार्ड जित्दै सर्वाधिक गोल्डेन बुट अवार्ड जित्नेको कीर्तिमानी समेत बनाएका छन् । मेस्सीपछि सर्वाधिक गोल्डेन बुट चार पटक युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले जितेका छन् ।
युरोपको लिगहरु मध्यबाट सर्वाधिक गोलकर्तालाई प्रदान गरिने उक्त अवार्डका लागि मेस्सीले स्पेनिस ला लिगाका ३४ खेल खेल्दै ३६ गोल गरेका छन् । उनका प्रतिद्वन्द्वी पेरिस सेन्ट जर्मन (पिएसजी)का युवा फरवार्ड केलियन एमबाप्पेले ३३ गोल गरेका छन् । दोस्रो स्थानमा रहेका एमबाप्पेले आफ्नो सिजनको अन्तिम खेलमा एक मात्र गोल गरेपछि यो अवार्ड मेस्सीको पक्का भएको हो ।
पहिलो पटक मेस्सीले सन् २००९-१० को सिजनमा ३४ गोल गर्दै यो अवार्ड जितेका थिए भने २०११-१२ को सिजनमा सर्वाधिक ५० गोल गर्दै दोस्रो पटक गोल्डेन बुट अवार्ड जितेका थिए । सन् २००१२-१३ को सिजनमा ४६ गोल गरे । त्यसपछि लगातार तीन सिजन गोल्डेन बुट जितेका मेस्सीले २०१६-१७ को सिजनमा ३७ गोल, २०१७-१८ को सिजनमा ३४ गोल र २०१८-१९ को सिजनमा ३६ गोल गर्दै ह्याट्रिक गरेका हुन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४