मंगलबार, असार २३, २०८३

ओलम्पिकको छैटौँ दिनसम्म जापानलाई २१ र अमेरिकालाई ३० पदक

जापानको राजधानी टोक्योमा जारी ३२ औं ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा आयोजक जापान २० पदकसहित तालिकाको शीर्षस्थानमा छ।
 |  बिहीबार, साउन १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १४, २०७८

काठमाडौं- जापानको राजधानी टोक्योमा जारी ३२ औं ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा आयोजक जापान २० पदकसहित तालिकाको शीर्षस्थानमा छ। उसले अहिलेसम्म २१ पदक जितिकसकेको छ। जसमा १२ स्वर्ण, ४ रजत र ५ कास्य पदका छन्।

ओलम्पिकको पाँचौ दिन पनि शीर्ष स्थानमा रहेको जापान आज (बुधबार) सोही स्थानमा कायम छ। बुधबार बिहान शीर्ष स्थानमा उक्लिएर दोस्रो स्थानमा झरेको चीनले ११ स्वर्णसहित ५ रजत र ९ कास्य जितेको छ।

अमेरिकाले सर्वाधिक ३० पदक जिते पनि स्वर्णमा अघि रहँदै जापान र चीन पहिलो र दोस्रो स्थानमा छन्।

अमेरिकाले १० स्वर्ण, ११ रजत र ९ कास्य पदक प्राप्त गरेको छ भने चीनले ११ स्वर्ण, ८ रजत र ८ कास्य प्राप्त गर्न सफल भएको छ।

यस्तै ७ स्वर्ण, ८ रजत र ४ कास्य पदक प्राप्त गर्दै रसियन ओलम्पिक कमिटी पदक तालिकाको चौथो स्थानमा छ। अस्ट्रेलिया ६ स्वर्ण, १ रजत र ९ कास्यका साथ पाँचौ स्थानमा छ। यसैगरी बेलायत ५ स्वर्ण, ६ रजत र ४ कास्य पदकका साथ छैटौँ स्थानमा छ। दक्षिण कोरिया ३ स्वर्ण, २ रजत र ५ कास्यसहित सातौं स्थानमा छ।

आठौं स्थानको फ्रान्सको ३ स्वर्ण, २ रजत र ३ कास्य छ। नेदरल्याण्ड्स १० पदकसहित नवौं स्थानमा रहँदा क्यानडा २ स्वर्ण, ३ रजत र ४ कास्य जित्दै दशौँ स्थानमा छ।  

नेपालबाट ४ खेलमा ५ खेलाडी टोक्यो ओलम्पिकमा सहभागी भएका छन्। तीमध्ये सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाह र गौरिका सिंहले खेलिसकेका छन्। ती चारै खेलाडी पहिलो चरणाबाटै पराजित भई प्रतियोगिताबाट बाहिरिएका छन्।

परियारले महिला १० मिटर एयर राइफल, भट्टले महिला ४८ किलो तौल समूह तथा शाह र सिंहले १०० मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गरेका थिए।

टोक्यो ओलम्पिकमा अब एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ। उनले शुक्रबार प्रतिस्पर्धा गर्नछिन्।

प्रकाशित: Jul 29, 2021| 06:20 बिहीबार, साउन १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।