आइतबार, साउन २४, २०८३

बेलायतकी प्रधानमन्त्री मे राजीनामा दिँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - बेलायतकी प्रधानमन्त्री टेरिजा मेले शुक्रबार भावुक मुद्रामा एक सम्बोधन गर्दै नेतृत्वबाट हट्न लागेको घोषणा गरेकी छन्। मेले यूरोपेली संघ (इयू) बाट बेलायतलाई बहिर्गमन गराउने कुरामा आफ्नै दलका सांसदहरूलाई पनि विश्वासमा लिन असफल भएपछि दलको नेतृत्वसँगै प्रधानमन्त्रीको पदबाट राजीनामा दिन लागेको बेलायती सञ्चारमाध्यमले जनाएका छन्।  

“मैले कन्जर्भेटिभ नेताका रूपमा आगामी जुन ७ गतेदेखि लागु हुनेगरी पदबाट राजिनामा दिने र नयाँ प्रधानमन्त्री चयनको मार्ग प्रशस्त गर्ने निर्णय लिएकी छु,” प्रधानमन्त्रीको डाउनिङ स्ट्रीटस्थित सरकारी निवास बाहिर एक भाबुक सम्वोधनमा उनले भनिन्,“मलाई ब्रेक्जिट सम्झौतामा सफलता पाउन नसकेकोमा धेरै दुःख लागेको छ र यो बिषयले सधैँ पश्चाताप गराइरहनेछ।" सम्बोधनका क्रममा उनी भावुक बन्दा गला नै अवरूद्ध भएको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

प्रधानमन्त्रीले पार्टी नेतृत्वबाट राजीनामा दिनुलाई बेलायती सत्ताधारी दलमा नेतृत्वका लागि प्रतिस्पर्धाको सुरूवातका रूपमा हेरिएको छ। अर्को नेतृत्व नआउँदासम्म प्रधानमन्त्री मे ले कामचलाउ प्रधानमन्त्रीका रूपमा सरकारको कार्यभार सम्हाल्ने छिन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।