सोमबार, चैत ३०, २०८२

राजु र आलमको उत्कृष्ट प्रदर्शनमा आर्मीको फराकिलो जित 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- राजु रिजाल र सहाव आलमको उत्कृष्ट प्रदर्शनमा विभागिय टोली त्रिभुवन आर्मी क्लबले तेस्रो संस्करणको प्रधानमन्त्रि कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा विजयी भएको छ । टियु क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा आर्मीले प्रदेश २ लाई १७१ रनको फराकिलो अन्तरले पराजितग गरेको हो । 

आर्मीले दिएको २ सय ७९ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले ३१.४ ओभरमा सबै विकेट गुमाउँदै मात्र १०७ रन बनाउन सक्यो । आर्मीका बलर सामु खुलेर ब्याटिङ गर्न नसकेको प्रदेश २ का ब्याट्सम्यान मध्य हरिशंकर साहले सर्वाधिक २१ रन बनाए । उनले २८ बल खेल्दै ४ चौका प्रहार गरेका थिए ।

त्यस्तै साम्सद सेइखले १६, सुधिर चौधरीले १५, रासिद खानले १४ र सुरज पटेलले ११ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । प्रदेश २ लाई सस्तैमा समेट्न आर्मीका लागि सहाब आलमले सर्वाधिक ४ विकेट लिए । त्यस्तै सुशन भारीले तीनऽ जितेन्द्र मुखियाले दुई तथा कुसल मल्लले एक विकेट लिए । 

यसअघि टस हाररे पहिले ब्याटिङ गर्ने निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७८ रन बनाएको थियो । आर्मीका लागि राजु रिजालले उत्कृष्ट अर्धसतकीय पारी खेले । उनले १०९ बलको सामना गर्दैै ५ चौका र २ छक्काको मद्दतमा ९० रन जोडेका थिए । 

त्यस्तै कप्तान विनोद भण्डारीले ६६ रनको अर्धशतकीय पारी खेले । उनले ६१ बलमा ९ चौका प्रहार गर्दै ६६ जोडेका हुन् । युवा ब्याट्सम्यान रोहिकुमार पौडेल अर्धसतक बनाउनबाट तीन रनले चुके । ३६ बल खेलेका रोहितले ४ चौका र १ छक्का प्रहार गर्दै ४७ रन जोडे । हरि चौहानले २६, सुसान्त भारीले १२ र करन केसीले ११ रन जोडे । 

प्रदेश २ का लागि हरिशंकर साहले तीन विकेट लिए । त्यस्तै रासिद खान, बिबेक यादव, साम्सद सेइख र बिशाल शुस्लिङले समान एक एक विकेट लिए ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।