आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सात करोड नक्‍कली भारु बरामद : युनुस अन्सारीसहित ६ जना पक्राउ  

सात करोड नक्‍कली भारु बरामद : युनुस अन्सारीसहित ६ जना पक्राउ  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा भारतीय नक्कली नोटसहित तीनजना नेपाली र तीनजना पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेपाली नागरिक युनुस अन्सारी, नसरुद्दिन अन्सारी सुजन रानाभाट, रोयल खान तथा पाकिस्तानी नागरिक मोहमद अक्तर नाशिव उद्धिन, तथा नाविया अन्वर रहेका विमानास्थलका प्रहरी प्रमुख सन्दीप भण्डारीले जानकारी दिए।

नक्कली भारुसहित कतार एयरवेजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएका तीनजना पाकिस्तानीलाई लिन पुगेका युनुस अन्सारीसहित तीन नेपालीसमेत विमानस्थलबाटै पक्राउ परेका हुन्। नक्कली भारु गन्ने काम भैरहेको र कम्तीमा ७ करोडसम्म हुन सक्ने बताइएको छ।

युनुस यसअघि पनि नक्कली भारतीय रुपैयाँ कारोबार र लागूपदार्थ कारोबार गरेको आरोपमा पक्राउ परिसकेका व्यक्ति हुन्। केन्द्रीय कारागारमा रहँदा उनीमाथि गोली प्रहारसमेत भएको थियो। पूर्वमन्त्री सलीममिया अन्सारीका छोरा युनुश पहिलो पटक पक्राउ पर्नुअघि नेशनल टेलिभिजनका सञ्चालकसमेत थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।