आइतबार, साउन २४, २०८३

वाइडबडीबारे वसन्तपुरमा सार्वजनिक सुनुवाइ गरिने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौँ- ‘नेपालका लागि नेपाली अभियान’ले वाइडबडीबारे यही जेठ ११ गते  स्थानीय वसन्तपुर डबलीमा सार्वजनिक सुनुवाइ गर्ने भएको छ । 

नेपाल वायुसेवा निगमको हाईफ्लाई-एक्स आइरल्याण्ड लिमिटेडबाट दुई एयरबस ए ३३०-२०० खरीद गर्ने सम्बन्धमा भ्रष्टाचार भएको भन्ने विषयमा सर्वसाधारण नागरिकलाई जानकारी दिन उक्त कार्यक्रम गर्न लागिएको बिहीबार यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा अभियानकर्मी डा सुरेन्द्र भण्डारीले बताए । 

सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिक र विषयका विज्ञको सहभागिता हुनेछ । संयोजक सुकदेव भट्टराईले वाइडबडी भ्रष्टाचारबारे संसदीय समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने बताउँदै भ्रष्टाचारले मुलुकलाई विकास र समृद्धि हुनबाट बाधा पुर्‍याउने खतरा औँल्याए ।   

अभियानका  सदस्य डा ठाकुरमोहन श्रेष्ठले वाइडबडी भ्रष्टाचार काण्डमा आफूहरुले सत्यतथ्य बाहिर ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्दै विशेषज्ञहरुको सहयोगबाट प्रतिवेदन सार्वजनिक गरिने बताए । नेपालका लागि नेपाली अभियानका बालकृष्ण न्यौपानेले उक्त प्रकरणबारे जनतालाई सत्यतथ्य कुरा पत्ता लगाई थाहा दिलाउने विश्वास व्यक्त गरे । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।