आइतबार, साउन २४, २०८३

कर्जन्हामा बस र ट्रक ठोक्कियो, २ जनाको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सिराहा- पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सिराहाको कर्जन्हा नगरपालिका १० प्रयागपुरमा बस र ट्रक ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।

झापाबाट काठमाण्डौं जादैँ गरेको ना ८ ख ९८२ नम्बरको यात्रुबाहक बस विपरित दिशाबाट आइरहेको ना ३ ख ४२६४ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना हुँदा बसका चालक र यात्रुको मृत्यु भएको हो । 

प्रहरीका अनुसार दुर्घटनामा परि ज्यान गुमाउनेमा बस चालक भोजपुर जिल्ला निवासी ४० वर्षिय हरिरण पहेली र बसका यात्रु झापा जिल्ला जलथल नगरपालिका–७ का ४२ वर्षिय मदन कुमार उप्रेती रहेका छन् । 

बसले गाईको बाँछोलाई बचाउन खोज्दा विपरित दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी डीएसपी सुकदेव खनालले नेपाल समयलाई जानकारी दिए । दुर्घटनामा परी २३ जना घाइते भएका छन् । घाइते मध्ये आधा दर्जनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।