आइतबार, साउन २४, २०८३

मोदी झन् शक्तिशाली, नेपालमा के असर पर्ला ?  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राजधानीबाट प्रकाशित शुक्रबारका राष्ट्रिय दैनिक अखबारहरुले भारतीय लोकसभा चुनावमा नरेन्द्र मोदीको पार्टीले जित हात पारेको खबरलाई मुख्य समाचार बनाएका छन् । यो जितसंगै भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि झन् शक्तिशाली बनेर उदाएका छन् ।
 
अहिलेसम्म भाजपाले २८९ सिटमा जित हात पारिसकेको छ भने १४ सिटमा अग्रता लिएको छ । विपक्षी कंग्रेस आईका उम्मेदले ५० सिटमा जित हासिल गरेका छन् भने एक सीटमा अग्रता बनाएको छ । २०१४ को लोकसभा चुनावमा ४४ सीट जितेको कंग्रेस आइले केही सीट बढाउनबाहेक कुनै प्रभाव देखाउन सकेन । 

सात चरणमा करिब डेढ महिनामा सम्पन्न भारतको लोकसभा चुनावको मतगणना लगभग अन्तिम चरणमा पुगेको छ । बहुमतका लागि २ सय ७२ सिट चाहिनेमा भाजपा एक्लैले आवश्यकभन्दा  १७ सीटमा बढीमा जित हात पारिसकेको पत्रपत्रिकाले लेखेका छन् । 

भाजपा एक्लैले तीन सय सिट जित्ने मत गणनाको प्रारम्भिक अग्रताले देखाएको छ। यसअघि सन् २०१४ मा भएको लोकसभा निर्वाचनमा भाजपा एक्लैले २८२ सिट जितेको थियो। एनडिए प्रधानमन्त्री मोदीको नेतृत्वमा चुनावमा उत्रिएको हो। भारतमा फेरि पनि सरकारको नेतृत्वमा मोदीले गर्ने छन्।

यसै विषयलाई आजको कान्तिपुर दैनिकले फेरि मोदीकै वर्चस्व शीर्षकमा मुख्य समाचार छापेको छ भने नागरिक दैनिकले भारतमा फेरि पनि मोदी शीर्षकमा लेखेको छ । नयाँ पत्रिकाले मोदीको आँधी शीर्षकमा खबर छापेको छ भने अन्नपूर्ण पोस्ट्ले मोदी फेरि शीर्षकमा मुख्य समाचार लेखेको छ । 

यस्तै आजका पत्रपत्रिकाले मोदीको नेपाललाई हेर्ने भारतीय दृष्टिकोणका विषयमा पनि खबर छापेका छन् । नेपाल र भारत सम्बन्धका जानकारहरू एनडीएको भारी जितपछि बन्ने सरकारको नेपालमा भाजपा धारको दबाब कुनै न कुनै रूपमा पर्न सक्ने संकेत गर्छन् । 

नेपाल मामिलाका जानकार प्राध्यापक एसडी मुनीका अनुसार भाजपाभित्र हिन्दु राष्ट्र र राजतन्त्रको वकालत पर्ने पक्ष अझै बलियो छ । अब त्यो कसरी हाबी हुन्छ, त्यसले नै नेपाल–भारत सम्बन्धलाई प्रभाव पार्नेछ । भारतले करिब चार वर्ष संविधानमा तराई मधेसका असन्तुष्टि नसमेटिएकोभन्दै नेपालसमक्ष खुलेर असन्तुष्टि व्यक्त गरेको थियो ।

मुनीले भने दिल्लीमा बन्ने नयाँ सरकारले नेपालीहरूको मन दुखाउने गरी कुनै कदम नचाल्ने कुरामा आफू विश्वस्त रहेको बताएका छन् । ‘हिजो के कारणले त्यस्तो घटना भयो त्यता नजाऊँ, तर अब भने कुनै पनि कदम चाल्दा नेपालीको चित्त दुख्छ कि भन्नेमा विशेष सजग हुनुपर्छ । नेपाली पक्षबाट पनि त्यस्तै व्यवहार होस् भन्ने भारतीय अपेक्षा भने स्वाभाविक हुनेछ,’ उनको भनाइ उदृत गर्दै कान्तिपुरले लेखेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।