बुधबार, वैशाख २, २०८३

विश्वकपको सेमिफाइनल पुग्नसक्ने चार टोली

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- आईसीसी एकदिवसीय विश्वकप क्रिकेट आउन अब केही दिन मात्र बाँकी छ । यसै दोरान धेरै जसो क्रिकेटमा हस्तिहरुले आफ्नो-आफ्नो उत्कृष्ट टिमको छनोट गरिरहेका छन् । भारतीय क्रिकेटमा पूर्व विश्वकप विजेता खेलाडी सचिन तेन्दुलकरले पनि यस विश्वकपको सेमिफाइनलमा स्थान बनाउन सक्ने चार टिमको बारेमा आफ्नो धारणा व्यक्त गरेका छन् । 

सचिनले टाइम्स अफ इन्डियासँग कुरा गर्दै भारत, इग्ल्यान्ड र अष्ट्रेलिया सेमिफाइनलमा पुग्ने सबै भन्दा प्रवल सम्भावना बोकेका टोली भएको बताएका छन् । उनले यि तीन टोली बाहेक अर्को चौथो टोली पाकिस्तान र न्युजल्यान्ड मध्यबाट एक टोलीको सम्भावना रहेको बताएका छन् । 

‘अष्ट्रेलियाको टिममा एक आत्मविश्वास र अनुभव छ । जो सधै ठुलो प्रतियोगितामा एका एक उत्कृष्ट सावित हुन्छ ।’ सचिनले भने, ‘डेविड वार्नर र स्टीव स्मिथको पछिल्लो प्रदर्शनले झनै अष्ट्रेलियन टोलीमाथी सबैको नजर छ ।’ 

पाकिस्तानविरुद्धको सिरिजमा ३५९ रनको लक्ष्य इंग्ल्यान्डले मात्र ४ विकेट गुमाएर पुरा गरेको थियो । त्यसैले इंग्ल्यान्डका ब्याट्सम्यान शानदार फममा रहेकाले यो टोली सेमिफाइनलका लागि सबैभन्दा बलियो दाबेदार रहेको सचिनको भनाइछ । 

भारतीय विकेटकीपर महेन्द्र सिंह धोनीमाथी ठुलो भरोसा रहेको उनल बताए । ‘धोनी सहि फममा फर्कि सकेका छन् । केही समय पहिले उनी फम बाहिर रहेका थिए । त्यसैले भारतको मध्यक्रम ब्याटिङको जिम्मा उनीमाथी छ र उनी टिमको गेम चेन्जर सावित हुन सक्छन्,’ सचिनले भने ।

विश्वकपको सेमिफाइनलको चौथो टोलीका लागि पाकिस्तान र न्युजल्यान्ड मध्यमा कुन हुन सक्छ भन्ने विषयमा आफु संखामा रहेको बताएका छन् । उनले भने, ‘न्युजल्यान्ड टोली सधै खतरनाख सावित हुने गर्दछ । तर, सोहि चरित्र पाकिप्तानको टोलीमा पनि छ ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।