आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रत्‍नसागर मन्दिरका पूर्वमहन्तलाई पुर्पक्षमा राख्‍न आदेश

रत्‍नसागर मन्दिरका पूर्वमहन्तलाई पुर्पक्षमा राख्‍न आदेश

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम – उच्च अदालत जनकपुरले जनकपुरस्थित रत्नसागर मन्दिरका पूर्वमहन्त बैकुण्ठ दास वैष्णवलाईं पुर्पक्षको लागि हिरासतमा राख्न आदेश दिएको छ। किर्ते जालजासी गरी मठमन्दिरको जग्गा बेचविखन गरेको मुद्दामा जिल्ला अदालत धनुषाले धरौटी बुझाए रिहा गर्न दिएको आदेश बदर गर्दै उच्च अदालतले पूर्वमहन्त दासलाईं पुर्पक्षका लागि हिरासतमा राख्ने आदेश सुनाएको हो।

वादी हजारी जनक विद्यापीठले जिल्ला अदालतको आदेश खारिज गर्न माग गर्दै दिएको पुनरावेदन उपर सुनवाई गर्दै उच्च अदालत जनकपुरका न्यायाधीश विनोद मोहन आचार्य र अनन्तराज डुम्रेको संयुक्त इजलासले विहिबार यस्तो आदेश दिएको हो।

जनकपुर–८ स्थित हजारी जनक विद्यापीठले भोगचलन गर्दै आइरहेको करोडौै मूल्यपर्ने साढे दुई बिगाह जग्गा दासले नक्कली लालपुर्जा बनाईं हडपेको भन्दै प्राचार्य विजय चौधरीले अदालतमा मुद्दा दायर गरेका थिए।

यसअघि गएको वैशाख १६ गते सर्वोच्च अदालतले उनको महन्त पदसमेत खारिज गर्ने फैसला सुनाएको थियो। गुठी संस्थान अधिनस्त रहेको रत्नसागर मन्दिरको नियमविपरित बसेको भन्दै सर्वोच्च अदालतले दासलाई महन्तबाट बर्खास्त गर्ने फैसला दिएको थियो। गुठी संस्थानले २०६० सालमा पाँच वर्षका लागि महन्त नियुक्त गरेपनि उनी हालसम्म महन्तकै रुपमा बस्दै आएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।