आइतबार, साउन २४, २०८३

जीपबाट हामफाल्दा ज्यान गयो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी – बैतडीमा गुडिरहेको जीपबाट हाम फाल्दा एक जानाको मृत्यु भएको छ। बैतडीको दशरथचन्द नगरपालिकाको गिरेगडादेखि देहिमाण्डौ तर्फ गइरहेको म १ ज ११९ नं. जिपमा सवार पञ्चेश्वर ५ नयाँ गाउका ४२ वर्षीय राजु कोलीको मृत्यु भएको हो।

बिहीबार साँझ ६ बजेतिर दशरथचन्द नगरपालिका ९ पार्सा भन्ने ठाँउमा हाम फाल्दा गम्बीर घाइते भएका कोलीको उपचारका लागि जिल्ला अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो।

जीप चालक अन्दाजी २७ वर्षीय जनक राज जोशी फरार रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख नेत्र मणी गिरीले जानकारी दिए। चालकको खोजी भइरहेको उनले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।