आइतबार, साउन २४, २०८३

नक्कली रुद्राक्ष बेच्‍ने मियाँ समातिए 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – ठग्‍ने कला पनि अनेक हुन्छ ।  सुनसरी इनरुवाका सलामुद्धिन मियाले ठगीको एउटा अनौठो कला अपनाएका छन् । नक्कली एकमुखे रुद्राक्ष बनाएर ठगी गर्ने मिया बिहीबार नयाँ बानेश्वरबाट पक्राउ परेका छन्।

प्रहरीका अनुसार गा्रहकलाई लठ्याएर काठले कुदेको नक्कली एकमुखे रुद्राक्ष र ब्रह्मा विष्णु महेश्वरको चित्र कोएिको तामाको सिक्का दुई देखि चारलाख सम्ममा बेचिरहेको अबस्थामा मियाँलाई महानगरीय प्रहरी परिसरको टोलीले काठमाडौको नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।

मियाँको साथबाट नक्कली रुद्राक्ष र तामाका नक्कली सिक्का बरामद भएको छ । प्रहरीको प्रारंभिक अनुसन्धानबाट यस्तो धन्दामा मियाले महिलाहरुलाई समेत प्रयोग गर्ने गरेको खुलासा भएको छ ।

मियाँले १ मुखे रुद्राक्ष खरिद गरे धनधान्य हुने भन्दै ग्रहाकहरुलाई लठयाउने र उनीहरुको साथमा रहेको  नगद जिन्सी, तथा एटिएम समेत झुक्याएर प्रयोग गर्ने गरेको खुलेको छ ।पक्राउ परेको मिया र उनले ठगि गर्न बनाएको संजालको बिषयमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता डिएसपी हबिन्द्र बोगटिले जनाएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।