आइतबार, साउन १७, २०८३

राहुल गान्धीले लिए हारको जिम्मेवारी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – भारतको लोक सभा चुनावमा भएको हारको जिम्मेवारी कांग्रेस अध्यक्ष राहुल गान्धीले लिएका छन्। नेपाली समयअनुसार बेलुका करिव ६ बजेतिर पत्रकार सम्मेलन गरी अध्यक्ष गान्धीले हारको जिम्मेवारी लिएका हुन्।

पत्रकारहरुले सोधेको प्रश्नमा उनले भने, ‘हारको जिम्मेवारी म लिन्छु।’ पत्रकार सम्मेलनको सुरु मै गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदी र बीजेपीलाई बधाई दिए। साथै आफ्ना कार्यकर्ताहरूलाई धन्यवाद ज्ञापन गरे।

‘हामीले केही दिनभित्रै मिटिङ्ग गरेर आगामी रणनीति बनाउँछौं।’ गान्धीले भने, ‘भारतीय जनताको मतलाई कुनै रंग दिन चाहन्नँ।’
आजै रिजल्ट आएकोले उनले खासै प्रतिक्रिया दिन चाहेनन्। 

अमेठीमा भएको हारका विषयमा उनले भने, ‘अमेठीको नतिजाको बारेमा म भन्छु, स्मृति इरानीलाई बधाई दिन चाहान्छु। जनताले दिएको भरोसा उनले पुरा गरुन्।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।