आइतबार, साउन २४, २०८३

मिडिया काउन्सिल विधेयक फिर्ता नगर्ने सरकारको अडान 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – संसदमा रहेको मिडिया काउन्सिल विधेयक फिर्ता नहुने अडान सरकारले दोह¥याएको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल वास्काटोले विधेयक फिर्ता नहुने बताएका छन्।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता बास्कोटाले भने, ‘व्यवसायीक शुद्धता, सुरक्षा, मर्यादा र अभिव्यक्ति वा लेखन स्वतन्त्रतालाई सुनिश्चित गर्ने हिसाबले आउने कुनै पनि सकारात्मक कुरालाई हमेसा स्वागत गर्छौं। तर फिर्ता गर्ने कुरा हुँदैन । विधेयक आफ्नो प्रक्रियामा अगाडि बढ्छ।’ 

विधेयकमा सुझाव समेट्न सकिने बताउँदै संसदमा छलफल भएको कुरा समावेश हुने दाबी गरे। संविधान विपरीतको कुरा विधेयकमा नभएको बताउँदै सरकार प्रेस स्वतन्त्रताको विरोधमा नभएको प्रष्ट पार्न खोजे।

यसैबीच, सरकारले इटालियन ठेकेदार कम्पनी सिएमसीले छाडेर हिँडेपछि अनिश्चित बनेको मेलम्ची खानेपानी आयोजना निर्माण तत्काल अघि बढाउने भएको छ।

मन्त्री बास्कोटाका अनुसार रोकिएको काम तत्काल अघि बढाउन सरकारले छिटो प्रक्रिया अपनाएर निर्माण पुरा गर्ने निर्णय गरेको छ। सिएमसीका कारण मेलम्ची क्षेत्रमा उत्पन्न भएका समस्या समाधानको पहल पनि सरकारले नै थाल्ने उनले बताए। बाँसकोटाले आर्थिक अनुशासन कायम गर्दै काम अघि बढाउन सरकार प्रतिवद्ध रहेको दाबी गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।