काठमाडौं – भारतीय लोक सभाको परिणाम आउन बाँकी छ। मतगणना जारी रहेको छ। तर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदाी र उनको पार्टी विजयी भइसकेको भन्दै शुभकामना दिएका छन्।
करिब सवा तीन बजेसम्म एउटा निर्वाचन क्षेत्रको मात्र मत परिणाम आएको छ। जसमा वीजेपीले जितेको छ।
मोदीको पार्टी बीजेपी एक्लै बहुमतको नजिक रहेको मतगणना परिणामले देखाएको छ। तर, अन्तिम नतिजा आउन अझै केही घण्टा लाग्नेछ।
नेपालका प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीले शुभकामना दिएको केही घण्टा पछि प्रचण्डले शुभकामना दिएका छन्।
उनले आफ्नो ट्वीटरमा लेखेका छन्, ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँको पार्टी भारतीय जनता पार्टी लोकसभा निर्वाचन २०१९ मा भारी मतका साथ विजयी भएकोमा बधाई तथा शुभकामना।’
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँको पार्टी भारतीय जनता पार्टी लोकसभा निर्वाचन-२०१९ मा भारी मतका साथ विजयी भएकोमा बधाई तथा शुभकामना ।
— ☭ Comrade Prachanda (@cmprachanda) May 23, 2019
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४