मंगलबार, असार २३, २०८३

एसियाली प्रतियोगितामा नेपाललाई अर्को ऐतिहासिक पदक

एसियाली जुनियर एन्ड युथ ब्वाइज एन्ड गर्ल्स बक्सिङ प्रतियोगितामा जुनियर ५४ किलो तौल समूह अन्तर्गतका छिरिङ वाङ्दी शेर्पाले पदक प्राप्त गर्ने पक्का भएको छ।
 |  सोमबार, भदौ ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ७, २०७८

काठमाडौं- एसियाली जुनियर एन्ड युथ ब्वाइज एन्ड गर्ल्स बक्सिङ प्रतियोगितामा जुनियर ५४ किलो तौल समूह अन्तर्गतका छिरिङ वाङ्दी शेर्पाले पदक प्राप्त गर्ने पक्का भएको छ। अगस्ट २० देखि ३१ सम्म दुबईमा सञ्चालन भई रहेको प्रतियोगितामा छिरिङले पदक ल्याउने पक्का भएको हो।

सोमबारको क्वार्टरफाइनल खेलमा कुवेती प्रतिद्वन्द्वी मोहमदलाई हराउँदै मुक्केवाज छिरिङले ५-० को आधारमा जित हासिल गरेका छन्। उनले यसअघिका दुई संस्करणमा पनि उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेका थिए।

छिरिङले सेमिफाइनल भिडन्तमा काजगिस्तानका प्रतिद्वन्द्वी अडाल्बेक नियाज्बाको सामना गर्नेछन्। 

यसैगरी नेपालका दुई महिला मुक्केबाज स्वस्तिका तिरुवा र नारीका राईले पनि क्रमशः ५२ किलो तथा ५७ किलो तौल समुहअन्तर्गत कास्य पदक जितेका छन्। यसरी ६ जना सहभागी मुक्केबाजहरुमध्ये हालसम्म ३ कास्य पक्का गरी सकेका छन्।

नेपालले पदकको आशा गरेका अर्का युवा मुक्केबाज इन्द्रबहादुर सुनारले भने शानदार प्रदर्शन गर्न सकेनन्। उनीमाथि ईरानी प्रतिद्वन्द्वीहरु हावी भए। पहिलो राउन्डमा जित निकाले पनि दोस्रो र तेस्रो राउन्डमा इरानी मुक्केबाजले खेल आफो पोल्टामा गर्दै इन्द्रलाई रोके।

७१ किलो तौलमा नेपालका सुदेन गिरी आफ्नो तौलका विश्व वरीयतामा अगाडि रहेका मुक्केबाजसंग आरएससीको आधारमा पराजित भए।

अर्का युवा मुक्केबाज सुलभ मालीले ५४ किलो तौल समुहमा आज इरानी प्रतिद्वन्द्वी अलियस्घसँग प्रतिस्पर्धा गर्दैछन्।

दक्षिण एसियाली खेलकुदको तेह्रौँ संकरणमा बक्सिङले तीन स्वर्णसहित १५ पदक जितेर इतिहास कायम गर्न सफल भएको थियो।

त्यसयता अन्तर्राष्ट्रिय खेलमा पदक जित्न नसकेको नेपालको बक्सिङले जुनियर तथा युथ बक्सिङतर्फ  एसियाली स्तरमा पनि ऐतिहासिक सफलता प्राप्त गरेको हो।

प्रकाशित: Aug 23, 2021| 18:50 सोमबार, भदौ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।