आइतबार, साउन २४, २०८३

एकै घरका तीन जनाको जलेर मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी - बैतडीमा आगोमा जलेर एकै घरका तीनको ज्यान गएको छ। पुर्चौडी नगरपालिका-५ कुवाकोट घर भई सोही नगरपालिका-७ बसपार्कमा टहरा बनाई बस्दै आएका अन्दाजी ४५ वर्षीय करे लुहारसहित उनकी ४० वर्षीया श्रीमती ब्रिन्दा लुहार र ८ वर्षीय छोरा मनोज लुहारको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।
 
खाना खाएर टहरामा सुतेका बेला चुल्होको आगो एक्कासी सल्केर आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो। बुधबार राति करिब पौने १० बजेतिर आगो लागेको भएपनि करे लुहारको परिवारलाई भने बचाउन नसकिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिए। उनले भने ‘बसपार्क छेउमै रहेको टहरामा आगलागि हुँदा प्रहरी र स्थानीय पुगेका थिए। तर, आगो सल्किसकेकाले बचाउन सकिएन। लाश मात्रै बाहिर निकाल्न सकियो।’

प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएपनि प्रहरी र स्थानीय घटनास्थल पुग्दा उनीहरु जलिसकेका थिए। ७ वर्ष यता पुर्चौडीको हाट आसपासमा मजदुरी र मागेर जीवन निर्वाह गर्दै आएका लुहार परिवार पछिल्लो समय बसपार्कमा टहरो बनाएर बस्दै आएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।