आइतबार, साउन २४, २०८३

पाँचथर हत्याकाण्ड : अनेक अड्कल 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – काठमाडौंबाट प्रकाशित बिहीबारका अधिकांश राष्ट्रिय दैनिकले फरक फरक विषयलाई आफ्नो प्राथमिकतामा पारेका छन्। 

अन्नपूर्ण पोष्टले पाँचथर हत्याकाण्ड, अनेक अड्कल शिर्षकको समाचारलाई प्राथमिकतामा राखेको छ। 

पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा भएको कारुणीक नरसंहार रहस्यमय बनेको छ। प्रहरीले नौं जनाको ज्यान जाने गरी भएको घटनाका अभियुक्त बुधबार साँझसम्म पहिचान गर्न सकेको छैन। न त कुनै शंकास्पद व्यक्तिलाई पक्राउ गरी अनुसन्धान नै थालेको छ। हत्यामा संलग्न भनिएका मानबहादुर माखिमको शव झुन्डिएको अवस्थामा भेटिएपछि हत्याकाण्ड थप रहस्यमय बनेको हो। प्रहरीले मानबहादुरमाथि नै हत्याको आरोप लगाएको छ। 

यस्तै कसैले यो घटनाको कारण पैंसा भएको आशंका गरेका छन् भने कसैले पत्नीसँग विग्रिएको सम्बन्ध रहेको बताएका छन्। 

यस्तै अन्नपूर्णले नै संकटमा सिभिल होम्स शिर्षकको समाचारलाई पनि प्राथमिकता दिएको छ। सिभिल ग्रुपले सञ्चालन गरेको सिभिल होम्स प्रालिको सम्पत्तिभन्दा दायित्व बढी देखिएको छ। यसले गर्दा कम्पनी ऋणको साँवाब्याज तिर्न समस्यामा परेको छ। कम्पनीको गत वर्षको लेखा परीक्षण प्रतिवेदनअनुसार सम्पत्ति चार अर्ब ३८ करोड ९४ लाख २७ हजार आठ सय ६१ रुपैयाँ छ। दायित्वभने पाँच अर्ब ७८ करोड ७२ लाख ५७ हजार दुई सय ७५ रुपैयाँ रहेको छ। 

यस्तै बिहीबारको कान्तिपुर दैनिकले आरुबोटे घटनाकै सन्दर्भमा यसरी बचिन् नातिनी शिर्षकको समाचारलाई प्रकाशित गरेको छ भने सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमागीको नेपाल स्याटेलाइट टेलिकम कम्पनीसँग कर असुल नगर्न अन्तरिम आदेश जारी गरेको समाचारलाई समेत प्राथमिकतामा राखेको छ। 

यस्तै नयाँ पत्रिका दैनिकले भने राष्ट्रपतिलाई बिहीबार स्वागत गर्न ओखलढुङ्गाको सदरमुकाममा बनाइएको पिच केही घण्टामै भत्कीएको समाचारलाई प्रथम पृष्ठमा प्राथमिकताका साथ प्रकाशन गरेको छ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।