आइतबार, साउन २४, २०८३

जनकपुरमा गोली चल्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम - प्रहरीले गोली हानेर जनकपुरबाट डाँका पक्राउ गरेको छ। बुधबार राती जनकपुरधाम-८ बाट प्रहरीले गोली हानेर डाँकालई पक्राउ गरेको हो। पक्राउ परेका डाँका भारत बिहारस्थित समस्तीपुरको रहेको बताइको छ।

जनकपुरधाम-८ स्थित विहारकुन्डमा डाँका हाल्ने उदेश्यले आएका उनीहरु मध्ये एकजना प्रहरीको गोली लागेर घाइते भएका छन्। घाइते डाँकाको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी हरिबहादुर पालले जानकारी दिएका छन्। यसैगरी आठ जनाको समूहमा रहेका उनीहरु सबैलाई प्रहरीले पक्राउ गर्न सफल भएको पालले बताए। डीआइजी पालका अनुसार सात जनालाई घटनास्थल र एकजनालाई महोत्तरीस्थित भारतीय सीमा नजिकबाट प्रहरीले पक्राउ गरेको हो।

विहारकुन्डका महन्थले हालसालै बेचेको जग्गाको पैसा लुट्ने उदेश्यले भारतीय डाँकाको समूह आएको प्रारम्भिक प्रहरीको अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका उनीहरु भारतमा समेत लुटपाटजस्ता आपराधिक घटनाहरुमा संलग्न रहेको बताइको छ। जनकपुरमा डाँका हाल्नपूर्व दिउँसो उनीहरु एक होटलमा बसेको र त्यहीँबाट योजना बनाएको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरुको साथबाट पेस्तोल १ थान, कटुवा पेस्तोल १ थान र ६ राउन्ड गोली बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।