आइतबार, साउन २४, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आज जेठ ८ गते बुधबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

सीसी क्यामरा बन्द गरेर मेयरले कर्मचारी कुटे

इहटरीका मेयर द्वारिकलाल चौधरीले कर्मचारीलाई हातपात गरेपछि कर्मचारीहरू आन्दोलित भएका छन्। आज एकैदिन सबओभरसियर राम खड्कालाई कार्यकक्षबाट जबरजस्ती निकालेको तथा नासु मनोज दाहाललाई कार्यकक्षमै पुगेर हातपात गरेको भन्दै कर्मचारीहरू आन्दोलित बनेका हुन्। 

सत्तारुढ बनेका बाबुराम किन बसे प्रतिपक्ष बेन्चमा?

डा. बाबुराम भट्टराई अध्यक्ष रहेको  समाजवादी पार्टी नेपाल दल अहिले सरकारमा संलग्‍न छ। सत्तारुढ सांसद बनेका बाबुराम भने प्रतिपक्ष बेन्चमा बसिरहेका छन्।

१४ वटा क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी

समायोजन अनुसारको तलबभत्ता नपाएको भन्दै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका प्राध्यापक आन्दोलनमा उत्रिएका छन्। विश्वविद्यालयअन्र्तगतका प्राध्यापक संघ एकाई समितिले सम्बन्धित क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्दै आन्दोलनमा उत्रिएका हुन्।

स्वर्णपदक विजेता अजित प्रदेश सरकारबाट सम्मानित

तेस्रो एसियाली युथ एथलेटिक्समा स्वर्ण पदक जित्न सफल अजित यादव प्रदेश सरकारबाट सम्मानित भएका छन्। गत चैतमा हङकङमा सम्पन्न एसियाली युथ एथलेटिक्समा स्वर्ण जित्न सफल भएका सप्तरी–१२ का अजितलाई बुधबार प्रदेश २ सरकारले सम्मानित गरेको हो।

तपाईंले बिक्री गरेको सवारी साधनको नामसारी गर्नु भयो ?

गीतानगरका उपेन्द्र पण्डितको मोबाइलमा धादिङका प्रहरी हबल्दारले टेलिफोन गरेर उनको नामको  मोटरसाइकल जुधेर मानिसको मृत्यु भएको खबर दिए। पण्डितलाई यो कुरा सुन्ने बित्तिकै छाँगाबाट खसे जस्तो अनुभव भयो।

छ नक्कली परीक्षार्थी पक्राउ

धनगढीबाट कक्षा ११ को परिक्षा दिने ६ जना नक्कली परिक्षार्थीलाई पक्राउ गरिएको छ। धनगढीको शारदा माविमा ११ को परिक्षा दिईरहेका ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। 

पिएम कप : पारसको कप्तानीमा प्रदेश नं.३ को टोली घोषणा

प्रधानमन्त्रि कप एकदिवसीय क्रिकेटका लागि प्रदेश नं.३ ले नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको छ । जेठ १० गतदेखी २५ गतेसम्म संचालन हुने प्रतियोगिताका लागि प्रदेश ३ ले आफ्नो १४ सदस्य टोली घोषणा गरेको हो । 

गाँजा र चरेश तस्करीमा राजनीतिक सेटिङ

राजनीतिक दलको स्थानीय नेतृत्व र प्रहरीको संरक्षणमा मौलाएको लागूऔषध गाँजा र चरेश कारोबारमा अंकुश लगाउन थालेको छ। प्रहरीले छापा मार्न थालेपछि चार दिनयता पटेर्वासुगौली गाउँपालिकाको एउटै वडाबाट दैनिक जसो ठूलो परिमाणमा गाँजा र चरेश बरामद भइरहेको छ।

मुख्यमन्‍त्रीलाई गृहनगरमै कालो झन्डा

सुदूरपश्चिम प्रदेशका मुख्यमन्‍त्री त्रिलोचन भट्टलाई गृहनगरमै कालो झन्डा देखाउने प्रयास भएको छ।

पाँचथर नरसंहारबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी : अपराधी छिटै पत्ता लाग्छ

पाँचथरमा ९ जनाको सामूहिक हत्या भएको विषयमा गृहमन्त्री रामबहादुर थापालले संघीय संसदको राष्ट्रिय सभालाई जानकारी गराएका छन्। संघीय संसदको दुवै सदनमा हिजो र आज सांसदहरुले उक्त घटनाबारे सरकारसँग जानकारी माग गरेको थिए । गृहमन्त्री थापाले अपराधी छिटै पक्राउ पर्ने दाबी गरे।

प्रहरी ऐनमा फेरि चलखेल : तीसवर्षे प्रावधान तीस वर्षपछि किन धकेलियो ?

नेपाल प्रहरीमा तीसवर्षे सेवा अवधि हटाउने कि कायम राख्‍ने भन्ने लामो विवाद नाटकीय रुपमा टुंगो लागेको छ। तीसवर्षे सेवा हटाउने तयारीसहित प्रहरी ऐनको मस्यौदा तयार भए पनि त्यसलाई रातारात फेरिएको छ र तीसवर्षे सेवा अवधिको प्रावधानलाई तीस वर्षपछि लागू हुने हास्यासपद व्यवस्था राखिएको छ।

हिरासतबाटै भागेका बलात्कारका आरोपी पक्राउ 

महाराजगन्ज प्रहरीको चरम लापरबाहीले हिरासतबाटै फरार भएका बालिका बलात्कारका आरोपी पक्राउ परेका छन्। १५ वर्षीया किशोरीलाई बलात्कार आरोपमा पक्राउ परेका १६ वर्षीय किशोर पदम श्रेष्ठ मेडिकल जाँच गर्न जाँदा वीर अस्पतालबाटै फरार भएका थिए। 

आतंककारीको आक्रमणमा परी एक सांसदसहित ११ जनाको मृत्यु

भारतको अरुणाञ्चल प्रदेशको तिराप जिल्लामा भएको आतंककारी आक्रमणमा परी एक सांसदसहित ११ जनाको मृत्यु भएको छ। नेशनल पिपुल्स पार्टी (एनपीपी) का सांसद (विधानसभा सदस्य) तिरोंगा अबोसहित ११ जनाको गोली हानी हत्या गरिएको हो। 

गर्मीबाट बच्न कारमा गोबर!

अहिलेको मौसम धेरै परिवर्तन भइरहेको छ। मौसमसँगै गर्मी पनि ज्यादै बढिरहेको छ। गर्मीबाट बच्न मानिसहरू अनेक उपाय अपनाइरहेका छन्। यस्तैमा भारतकी आहमदबादकी एक महिलाले एकदमै अनौठो तरिका पत्ता लगाएकी छन। उनले लाखौं पर्ने कारलाई चिसो राख्न भनेर गाईको गोबरले लिपेकी छन्।

१५ केजी चरेशसहित ३ जना पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौंले १५ केजी चरेशसहित ३ जनालाई पक्राउ गरेको छ। धादिङबाट काठमाडौं ल्याउँदै गरेको अवस्थामा विशेष सुराकीका आधारमा उनीहरुलाई पक्राउ गरिएको परिसरका प्रवक्ता डिएसपी हविन्द्र बोगटीले बताए।

कांग्रेसको चेतावनी : ‘सरकारको घोर प्रतिकार हुन्छ’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको आलोचना गर्दै प्रतिकारको चेतावनी दिएको छ। सरकारले सबै शक्ति नियन्त्रण गर्न लागेको भन्दै कांग्रेसले अब चुप नबस्ने चेतावनी दिएको हो।

संसदमा राजपा : नागरिकताबारे सर्वोच्चको फैसला हास्यास्पद

प्रतिपक्षी दल राजपा नेपालले संघीय संसदमा विरोधको क्रम जारी राखेको छ। विगत तीन महिनादेखि संसदमा मधेस–थरुहट आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाले संसदमा विरोध जनाउँदै आएको छ।

'जनताले सरकारको विकल्प खोज्‍न थालिसके'

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले वर्तमान सरकारको विकल्प खोज्न थालिसकेको बताएका छन्। नेपाल प्रेस युनियन कैलालीले बुधबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाए।

पानी बिक्रीमा कडाइ : पानी खाएर बिरामी परे क्षतिपूर्ति पाइने

खानेपानी बिक्री वितरणमा सरकारले कडाई गर्ने भएको छ। बजारमा देखिएका गुणस्तरहीन खानेपानी उत्पादकहरुलाई कारबाही गर्ने गरी सरकारले विधेयक ल्याएको छ।

बिहे भन्दा आठ दिन अघि बेहुलाले गरे आत्महत्या 

महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–७ मेघनाथ गोरहन्ना गाउँमा विवाह हुनुभन्दा आठ दिन पहिले मङ्गलबार दुलहाले आत्महत्या गरेका छन्।

पाँचथर नरसंहार : शव पोष्टमार्टमका लागि धरान लगियो

पाँचथरको आरुबोटेमा हत्या भएका ९ जनाको शव पोष्टमार्टमको लागि धरान लगिएको छ। हत्या भएका दुई वटै परिवारका ९ जनाको शव मंगलबार राति धरानमा रहेको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको हो।

मोटरसाइकल दुर्घटनमा प्रहरी जवानको मृत्यु

बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु भएको छ। गुलरिया नगरपालिका–१ खैरापुर बस्ने प्रहरी जवान अवधेशकुमार यादवले चलाइरहेको भे८प ७८९ नंको मोटरसाइकल गुलरिया नगरपालिका–३ स्थित निमकोठियामा रोकिराखेको ट्रलीमा ठोक्किएर दुर्घटना हुँदा उनको मृत्यु भएको हो। 

साढे चार अर्ब राजस्व नतिर्ने सुमार्गीले कर अड्डालाई यसरी धम्काए

साढे चार अर्ब राजस्व नतिर्ने विवादित व्यापारी अजेयराज सुमार्गीले कर अड्डालाई उल्टै धम्काएका छन्। नेपाल स्याटलाइट टेलिकमका संचालक रहेका  सुमार्गीले लामो विज्ञप्ती जारी गरेर कर प्रशासनलाई कानुनको पालना गर्न चेतावनी दिएका छन्।

सगरमाथाको उचाइ नाप्ने टोली चुचुरोमा

सगरमाथाको उचाइ नाप्नका लागि खटाइएको नापी विभागको टोली सगरमाथाको चुचुरोमा पुगेको छ। टोली बुधबार बिहान सवा ३ बजे चुचुरोमा पुगेको टोलीलाई आरोहण व्यवस्थापनको जिम्मा लिएको पिक प्रमोशन प्रालिका निर्देशक आङबाबु शेर्पाले बताए। टोली बिहीबारसम्म आधारशिविर आइपुग्ने पिक प्रमोशनले जनाएको छ।

प्रहरीकाे गाेलीलागि विप्लव कार्यकर्ताको मृत्यु

प्रहरीसँगको मुठभेडमा गोली लागेका नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता तीर्थराज घिमिरेको मृत्यु भएको छ। गस्तीमा रहेको सुरक्षाकर्मीमाथि गोली प्रहार गरेपछि जवाफी कारबाही गर्दा भोजपुरको षडानन्द नगरपालिका –२ कुदाककाउलेका ३२ वर्षीय तीर्थराज घिमिरे घाइते भएका थिए।

काठमाडौंमा वर्षकै सबैभन्दा बढी गर्मी

काठमाडौंको तापक्रम मंगलबार यो वर्षकै उच्च मापन गरिएको छ। मंगलबार काठमाडौंको अधिकतम तापक्रम ३२ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

विप्लव समूहका भेरी ब्यूरो सदस्य पक्राउ

नेत्रविक्रम चन्दको नेतृत्वको विप्लव समूहका भेरी ब्यूरो सदस्य हरिचन्द्र जैशी पक्राउ परेका छन्। मङ्गलबार बेलुका पक्राउ परेका जैशीलाई सदरमुकाम ल्याइएको छ।

पाँचथर हत्या : सातथरी प्रश्न

काठमाडौंबाट प्रकाशित बुधबारका अधिकांश राष्ट्रिय दैनिकले सोमबार राति पाँचथरमा दुई परिवारका नौं जनाको भएको विभत्स हत्यालाई आफ्नो प्राथमिकतामा पारेका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।