आइतबार, साउन २४, २०८३

बुद्ध एयरद्वारा जिल्ला प्रशासनलाई ‘सेड’ सहयोग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम – बुद्ध एयरले जिल्ला प्रशासन कार्यालयलाई शेड निर्माण गरेर सहयोग गरेको छ। चर्को गर्मीमा नागरिकता तथा राहदानीलगायतका कामका लागि जिल्ला प्रशासन कार्यालय पुग्ने सेवाग्राहीलाई घाममूनी बस्नुपर्ने समस्यालाई हेर्दै बुद्ध एयरले यस्तो सहयोग गरेको हो।

नागरिकता तथा राहदानी बनाउन दैनिक सयौंको संख्यामा सेवाग्राही जिल्ला प्रशासन कार्यालय पुग्ने गरेका छन्। तर, कामको सिलसिलामा उनीहरु घाममै घन्टौं लाइन बस्नुपर्ने बाध्यता थियो।

बुद्ध एयरले ट्रसको सेड बनाएर सहयोग गरेपछि सेवाग्राहीहरु अब खुल्ला घाममूनी बस्नुपर्ने बाध्यता अन्त्य भएको धनुषाको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताए। चर्को घाममा घन्टौ लाइनमा बस्नुपर्ने सेवाग्राहीको पीरमर्का बुझेर बुद्ध एयरले ठुलो सहयोग गरेको उनको भनाई थियो।

जिल्ला प्रशासन पुग्ने सेवाग्राहीलाई चर्को घाममा लाइन लाग्ने भोग्नुपरेको कष्ट हेरेर ट्रसको सेड निर्माण गरेर आफूहरुले सामाजिक दायित्व निर्वाह गरेको बुद्ध एयर जनकपुरका प्रमुख विजयप्रसाद सिंहले बताए। सेड निर्माण भइसकेपछि यहाँ आउने सेवाग्राहीहरु अब खुल्ला घाममा लाइन बस्नु नपर्ने आफूहरु विश्वस्त रहेको उनले बताए।

झण्डै ३ लाख २५ हजार खर्चेर बुद्ध एयरले निर्माण गरेको सेड प्रमुख जिल्ला अधिकारी कँणेल र बुद्ध एयरका जनकपुर प्रमुख सिंहले संयुक्त रुपले उद्घाटन गरेका थिए। बुद्ध एयरले गरेको सहयोगप्रति धन्यवाद दिँदै जिल्ला प्रशासन कार्यालय धनुषाले बुद्ध एयर र जनकपुर प्रमुख सिंहलाई कदरपत्र प्रदान गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।