काठमाडौं- भारतीय हिरो महिला लिग फुटबलको फाइनल खेलमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारीको दुई गोलको मद्दतले तमिल नाडु क्लब सेथु च्याम्पियन बनेको छ । बुधबार भएको फाइनल खेलमा मनिपुर पुलिस क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै सेथु लिगको च्याम्पियन बनेको हो ।
पुनरामन जित निकालेको सेथसुका लागि नेपाली स्ट्राइकर सावित्राले दुई गोल गर्दा एक गोल इन्दुमतिले गरेकी थिइन् । पहिलो हाफमा १-० ले पछि परेको अवस्थानमा सेथुले पुनरागमन जित निकोलेको हो । खेलको ४३ औं मिनेटमा मनिपुरकी राधारानी देवीले गोल गर्दै सुरुवाती अग्रता दिलाएकी थिइन् ।
तर, खेलको ५६ औं मिनेटमा इन्दुमतीले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याइन् । त्यसको चार मिनेट नबित्दै नेपाली स्ट्राइकर सावित्राले गोल गर्दै सेथुलाई २-१ को अग्रता दिलाइन । उनले इन्दुमतिको पासमा उत्कृष्ट गोल गरेकी हुन् ।
त्यस्तै सावित्राले ७० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै सेथुलाई ३-१ को अग्रता दिलाईन् । दोस्रो गोलमा पनि इन्दुमतिले असिस्ट गरेकी थिइन् । यससँगै सावित्राको लिगमा १५ गोले पुगेको छ ।
उनी लिगमा सर्वाधिक गोल गर्ने दोस्रो खेलाडी हुन् भने विदेशी पहिलो खेलाडी हुन् । शीर्ष स्थानमा भने मनिपुर क्लबकी बाला देवी छन् । उनले सर्वाधिक २६ गोल गरेकी छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४