मंगलबार, चैत ३, २०८२

पुटिनको मार्केल र म्याँक्रोसँग फोनवार्ता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
मस्को – गृहयुद्धमा होमिएको सिरियाको अवस्थाको विषयमा रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार जर्मनीका चान्सलर एन्जेला मर्केल र फ्रासका राष्ट्रपति इम्यानुएल म्याँक्रोसँग छलफल गरेको क्रेमलिनले जनाएको छ। 

टेलिफोन वार्तामा तीनै नेताले आ–आफ्ना तर्फबाट सिरियाली गृहयुद्धको शान्तिपूर्ण समाधानका विषयमा धारणा राखेको समाचारमा जनाइएको छ। वार्ताका क्रममा सशस्त्र विद्रोही समूहले बारम्बार युद्धविरामको उल्लघङ्न गरेको विषयमासमेत छलफल भएको थियो। 

सिरियाको विषयमा सन् २०१८ को अक्टोबरमा टर्कीको इस्तानबुलमा चार पक्षबीचको सम्मेलन भएको थियो। यी चार पक्षमा रुस, टर्की, जर्मनी र फ्रान्सको सहभागिता थियो। उक्त सम्मेलनका अवसरमा सिरियामा राजनीतिक समाधानको रुपरेखाका लागि सबैको समन्वय आवश्यक हुने भन्दै एक सहमति भएको थियो।  

सिरियाको उत्तरपश्चिम प्रान्त हामामा रहेको एक शहरमा विद्रोही समूह र रुस समर्थित सिरियाली सैनिकबीच भएको झडपमा कम्तिमा ४० लडाकूको मृत्यु भएपछि पछिल्लो वार्ता भएको हो। 

सिरियाको उत्तरपश्चिमी प्रान्त इडलिबमा गत अप्रिल २५ देखि हालसम्म एक सय ६७ जनाको ज्यान गइसकेको छ। इडलिब प्रान्तमा करीब ३० लाखको बसोवास छ। 

गत सोमबार पनि रुसको नेतृत्वमा सिरियाली सैनिकले गरेको हवाई आक्रमणमा कम्तीका पाँच बालबालिकासहित १० जना सर्वसाधारणको मृत्यु भएको थियो। 

हवाई आक्रमणका कारण पाँच बालबालिकाको ज्यान गएको बेलायतआवद्ध मानवअधिकार समूह सिरियाली अब्जरभेटरी फर ह्युमन राइट्सले पनि पुष्टी गरेको छ। रुसले इड्लिबमा युद्धविराम भएको घोषणा गरेको केही समयपछि गत आइतबार पुनः हवाई आक्रमण भएको थियो। 

सिरियामा सन् २०११ को मार्चमा सरकारको विरोध गर्दै शुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो। यस गृहयुद्धमा अल–कायदा र इस्लामिक स्टेट्सजस्ता आतङ्ककारी समूह हाबी हुँदै गएपछि रक्तपात मच्चिएको थियो।

सिरियामा जारी द्वन्द्वका कारण सन् २०११ देखि हालसम्म तीन लाख ७० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। लाखौंको सङ्ख्यामा घाइते भएका छन् भने अरु बीसौं लाख मानिस सिरियाभित्र र छिमेकी राष्ट्रमा शरणार्थी जीवन बिताउन बाध्य भएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।