आइतबार, साउन २४, २०८३

हिरासतबाटै भागेका बलात्कारका आरोपी पक्राउ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - महाराजगन्ज प्रहरीको चरम लापरबाहीले हिरासतबाटै फरार भएका बालिका बलात्कारका आरोपी पक्राउ परेका छन्। १५ वर्षीया किशोरीलाई बलात्कार आरोपमा पक्राउ परेका १६ वर्षीय किशोर पदम श्रेष्ठ मेडिकल जाँच गर्न जाँदा वीर अस्पतालबाटै फरार भएका थिए। 
 
हिरासतबाटै फरार भएका उनको खोजी प्रहरीले तिव्र पारेको थियो। उनलाई प्रहरीले बुधबार दिउँसो गोंगबु बसपार्क नजिकैको हिले टोलबाट पक्राउ गर्न सफल भएको महानगरीय प्रहरी परिसरका एसपी असोक सिंहले जानकारी दिए। 

नुवाकोट घर भई काठमाडौँको नयाँ बसपार्कमा बस्ने श्रेष्ठलाई मेडिकल जाँच गर्न वीर अस्पताल ल्याउँदै गर्दा उनी हतकडी फुस्काएर मंगलबार राती फरार भएका थिए। परिसरका एसपी सिंहले लापरबाही गर्ने प्रहरीमाथि कारबाहि हुने बताए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।