बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अफगानिस्तानबाट तत्काल सेना फिर्ता नगर्न अमेरिकासँग बेलायतको प्रस्ताव!

अफगानिस्तानबाट तत्काल सेना फिर्ता नगर्न अमेरिकासँग बेलायतको प्रस्ताव!

अमेरिकी सेनालाई अगस्ट महिनापछि पनि अफगानिस्तानबाट फिर्ता गर्न नहुने पक्षमा उनले राष्ट्रपति बाइडेनसमक्ष आग्रह गर्न लागेको बीबीसीले उल्लेख गरेको छ।
 |  सोमबार, भदौ ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ७, २०७८

लन्डन- बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई अफागानिस्तानबाट तुरुन्तै सबै अमेरिकी सेनालाई फिर्ता नगर्न आग्रह गर्ने तयारी गरेका छन्। अमेरिकी सेनालाई अगस्ट महिनापछि  पनि अफगानिस्तानबाट फिर्ता गर्न नहुने पक्षमा उनले राष्ट्रपति बाइडेनसमक्ष आग्रह गर्न लागेको बीबीसीले उल्लेख गरेको छ। 

National life

पछिल्लो समय अमेरिकाले धमाधम अमेरिकी सेना फिर्ता गर्न थालेपछि मंगलबार हुन लागेको जी-७ को आकस्मिक बैठकमा बेलायती प्रधानमन्त्री जोन्सनले यस्तो बताएका हुन्। अमेरिका भने यही महिनाको अन्त्यसम्ममा सबै अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता गरिसक्ने पक्षमा छ। 

बेलायती अधिकारीहरूले भने अफगानिस्तानबाट सेना फिर्ता गर्ने विषयमा कुनै निश्चित मिति नतोकिएको बताउँदै आएका छन्। बेलायतले १ हजार सैनिक काबुलमा परिचालन गरेको थियो। 

अफगानिस्तान छोड्दा सुरक्षित रहनुपर्ने र मानवीय संकट आइपर्न दिनु नहुने भएकाले विदेशी समुदायले आपसमा मिलेर काम गर्नुपर्ने बताएका छन्।  

तालिवान समूहले भने अगस्ट ३१ लाई डेडलाइन मान्दै उक्त मितिभित्रै विदेशी सैनिकले आफ्नो देश छोडिसक्नुपर्ने बताउँदै आएको छ। अगस्ट ३१ सम्ममा पनि विदेशी सैनिकले अफगानिस्तान नछोडे त्यसविरुद्ध आफ्नै घोषणा उल्लंघन हुने बताएका छन्। 

Laxmi sunrise bank
kumari

'विदेशी फोर्सले यसअघि घोषणा गरेको डेडलाइनभित्रै सबै अफगानिस्तान छोडिसक्नु पर्नेछ। नत्र प्रष्ट रूपमा उल्लंघन हुनेछ,' तालिवानका प्रवक्ता मोहम्मद सुहाइल शाहीनले बताएका छन्। विदेशी सेनाले उक्त मितिमा देश नछोडे त्यसविरुद्ध तालिवानको नेतृत्वले गर्ने निर्णयका आधारमा अघि बढिने उनको भनाइ छ। 

तालिवान अफगानिस्तानको सत्तामा पुगेपछि अफगानिस्तान छोड्नेहरूको लर्को लागेको छ।

प्रकाशित: Aug 23, 2021| 18:18 सोमबार, भदौ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।