आइतबार, साउन १७, २०८३

आतंककारीको आक्रमणमा परी एक सांसदसहित ११ जनाको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – भारतको अरुणाञ्चल प्रदेशको तिराप जिल्लामा भएको आतंककारी आक्रमणमा परी एक सांसदसहित ११ जनाको मृत्यु भएको छ। नेशनल पिपुल्स पार्टी (एनपीपी) का सांसद (विधानसभा सदस्य) तिरोंगा अबोसहित ११ जनाको गोली हानी हत्या गरिएको हो। 

हमलामा ५६ वर्षीय सांसद अबोसहित उनका छोराको पनि ज्यान गएको छ। अन्य दुई जना भने गम्भीर घाइते भएका अरुणाञ्चल प्रहरीले जानकारी दिएको छ।
 
प्रहरीले जारी गरेको विज्ञप्तिमा अबो आफ्ना परिवारकासाथ असमबाट अरुणाञ्चल गइरहेको उल्लेख गरिएको छ। घटनामा परी दुईजना सुरक्षाकर्मीको पनि ज्यान गएको छ। हमला कसले र किन गराएको भन्ने बारे हालसम्म खुल्न नसकेको र अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।