आइतबार, साउन २४, २०८३

कांग्रेसको चेतावनी : ‘सरकारको घोर प्रतिकार हुन्छ’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको आलोचना गर्दै प्रतिकारको चेतावनी दिएको छ। सरकारले सबै शक्ति नियन्त्रण गर्न लागेको भन्दै कांग्रेसले अब चुप नबस्ने चेतावनी दिएको हो।

आजको प्रतिनिधि सभाको बैठक सुरु हुनेबित्तिकै कांग्रेसका सांसदहरुले उठेर सभामुखको ध्यानाकर्षण गराएका थिए। सभामुखले उपलब्ध गराएको समयमा बोल्दै सांसद पुष्पा भुसालले प्रतिकारको चेतावनी दिएकी हुन्। भुसालले भनिन्,‘पत्रकार जगतलाई नियन्त्रण गर्न खोजिएको छ। यो कुरा प्रमुख प्रतिपक्षी दललाई स्वीकार्य छैन।’
  
सरकारलाई शक्तिको भोक जागेको भन्दै मानवअधिकार आयोगलाई नियन्त्रण गर्न खोजिएको आरोप उनले लगाइन्।‘मिडिया काउन्सिल विधेयकलाई कुनै पनि हालतमा अगाडि बढाउन दिदैनौं’, भुसालले भनिन्,‘विभिन्न अन्तर्राष्ट्रिय सन्धिहरुमा नेपालले हस्ताक्षर गरेको छ। सोही बमोजिम विधेयकहरु आउनुपर्यो।’

यसैगरी पाँचथरमा ९ जनाको हत्या सम्बन्धी घटनामा सरकारले तत्काल अपराधीलाई पक्राउ गर्न नसकेको भन्दै कांग्रेसले आलोचना गरेको छ। ‘अपराधीलाई पक्राउ गर्नुपर्ने थियो, तर गरेन। सरकारले तत्काल अपराधीलाई कारबाही गर्नुपर्यो’, भुसालले भनिन्।

संविधान र अन्तर्राष्ट्रिय मुल्यमान्यताविपरीत सरकारले ल्याएको विधेयकहरु फिर्ता लिन आग्रह गर्दै उनले भनिन्,‘संविधानको खिलाफमा यो सरकारले नियन्त्रण गर्ने गरी कुनै पनि विधेयक ल्याउँछ भने त्यसलाई प्रमुख प्रतिपक्षी दलले सडक र सदनबाट घोर प्रतिकार गर्छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।