काठमाडौं - पाँचथरको आरुबोटेमा हत्या भएका ९ जनाको शव पोष्टमार्टमको लागि धरान लगिएको छ। हत्या भएका दुई वटै परिवारका ९ जनाको शव मंगलबार राति धरानमा रहेको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको हो।
घटनास्थलमा अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले अनुसन्धान थालेको प्रहरीले जनाएको छ भने घाइते बालिकाको लाइफलाईन अस्पताल झापामा उपचार भइरहेको छ।
सोमबार राति पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा २ परिवारका ९ जनाको हत्या भएको थियो। अज्ञात समूहले सोमबार मध्यराति बमबहादुर फियाक र धनराज शेर्मा परिवारका ९ जनाको विभत्स हत्या गरेको थियो। घटनाको प्रहरीले अनुसनुधान गरिरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४