राजापुर - बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु भएको छ। गुलरिया नगरपालिका–१ खैरापुर बस्ने प्रहरी जवान अवधेशकुमार यादवले चलाइरहेको भे८प ७८९ नंको मोटरसाइकल गुलरिया नगरपालिका–३ स्थित निमकोठियामा रोकिराखेको ट्रलीमा ठोक्किएर दुर्घटना हुँदा उनको मृत्यु भएको हो।
मंगलबार राति ११ बजे दुर्घटना भएको थियो। उपचारका क्रममा उनको नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। महानगरीय प्रहरी बिट कालीमाटीमा कार्यरत प्रहरी जवान यादव भाइको विवाहका लागि छुट्टीमा आएका थिए। उनी गुलरिया नगरपालिका–४ तुल्सीपुर विवाहघरदेखि घरतर्फ फर्किरहेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४