काठमाडौं - साढे चार अर्ब राजस्व नतिर्ने विवादित व्यापारी अजेयराज सुमार्गीले कर अड्डालाई उल्टै धम्काएका छन्। नेपाल स्याटलाइट टेलिकमका संचालक रहेका सुमार्गीले लामो विज्ञप्ती जारी गरेर कर प्रशासनलाई कानुनको पालना गर्न चेतावनी दिएका छन्।
आन्तरिक राजस्व कार्यालय वानेश्वरले सुमार्गी संचालक रहेको स्याटलाइट टेलिकमले साढे ४ अर्ब रुपैयाँभन्दा बढी पुँजीगत लाभकर तिर्नुपर्ने भन्दै ताकेता पत्र पठाएपछि कर तिर्नुको सट्टा कम्पनीको तर्फबाट विज्ञप्ति जारी गर्दै उनले खुला चेतावनी दिएका हुन्।
हेर्नुस् सुमार्गीको विज्ञप्ति


यो पनि पढ्नुस्
सुमार्गीले तिरेनन् साढे चार अर्ब कर
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४