काठमाडौं – सगरमाथाको उचाइ नाप्नका लागि खटाइएको नापी विभागको टोली सगरमाथाको चुचुरोमा पुगेको छ। टोली बुधबार बिहान सवा ३ बजे चुचुरोमा पुगेको टोलीलाई आरोहण व्यवस्थापनको जिम्मा लिएको पिक प्रमोशन प्रालिका निर्देशक आङबाबु शेर्पाले बताए। टोली बिहीबारसम्म आधारशिविर आइपुग्ने पिक प्रमोशनले जनाएको छ।
विभागका उपसचिव खिमलाल गौतमको नेतृत्वमा टोली शिखरमा पुगेको हो। टोलीका सदस्य रविन कार्की सहित क्लाइम्बिङ गाइड छिरिङजाङबु शेर्पा लगायतले शिखरमा पुगेर जिएनएनएस जिपिएस सेट गर्ने काम सम्पन्न गरेको शेर्पाले बताए। शिखरमा जिपिएस सेट गरेसँगै अन्य विभिन्न स्थानमा राखिएको नियन्त्रण विन्दुहरुसँगको सम्बन्ध (कनेक्सन) कायम गरिएको छ।
अब जिपिएसमा सेट भएका तथ्यांकहरुको आधारमा वैज्ञानिकहरुले अध्ययन गरि उचाइ टुंगो लगाएर पुष्टि गर्नेछन्। त्यसका लागि कम्तिमा अझै ६ महिना लाग्नेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४