काठमाडौं - प्रहरीसँगको मुठभेडमा गोली लागेका नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता तीर्थराज घिमिरेको मृत्यु भएको छ। गस्तीमा रहेको सुरक्षाकर्मीमाथि गोली प्रहार गरेपछि जवाफी कारबाही गर्दा भोजपुरको षडानन्द नगरपालिका –२ कुदाककाउलेका ३२ वर्षीय तीर्थराज घिमिरे घाइते भएका थिए।
उनको उपचारको क्रममा ज्यान गएको प्रहरीले जानकारी दिएको छ। स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि उनलाई मंगलबार नै धरान लगिएको थियो। भोजपुर र खोटाङको सिमानामा पर्ने मैयुङ्गमा सुरक्षाकर्मीसँगको मुठभेडको क्रममा घिमिरेलाई गोली लागेको थियो। उनको तिघ्रामा गोली लागेको प्रहरीले बताएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४