आइतबार, साउन २४, २०८३

काठमाडौंमा वर्षकै सबैभन्दा बढी गर्मी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - काठमाडौंको तापक्रम मंगलबार यो वर्षकै उच्च मापन गरिएको छ। मंगलबार काठमाडौंको अधिकतम तापक्रम ३२ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार यसअघि गएको वैशाख १९ गते ३२ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको तापक्रम त्यसयता घटबढ हुँदै मंगलबार ३२ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको हो। यसअघि २०४६ साल वैशाख २५ गते काठमाण्डौको तापक्रम अहिलेसम्म कै धेरै ३६ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ।

केहिदिनयता पानी नपर्दा देशभरी कै तापक्रम बढेर जनजीवन प्रभावित भएको छ। बुधबार भने धेरै ठाउँको मौसम बदली भई मेघगर्जन र हुरीबताससहित पानी परेपछि तापक्रम केही घट्ने मौसमविद्ले अनुमान गरेका छन्।

बुधबार पश्चिमी वायुसँगै स्थानीय वायुको असरले बदली भई केही ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने संभावना रहेको महाशाखाको अनुमान छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।