आइतबार, साउन २४, २०८३

बार्सिलोनाबाट बाहिरिने नौ खेलाडीको नाम सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी-स्पेनिस महारथी क्लब बार्सिलोनाले यस सिजन घरेलु लिगको उपाधि जितेको छ । च्याम्पियन लिग जित्ने आश गरिएको बार्सिलोना सेमिफाइनलमा इंग्लिस क्लब लिभरपुलसँग अप्रत्यासित हार व्यहोर्दै बाहिरिएको थियो । 

त्यसैले पनि बार्सिलोना यतिबेला टोलीमा सुधार गर्न केही फेरबदल गर्न खोज्दै छ । बार्सिलोनाले आजाक्सका फ्रेन्की डे जोङलाई अनुबन्ध गरी सकेको छ भने उनका सहकर्मी तथा युवा कप्तान माथिज डे लाइटलाई अनुबन्ध गर्न कसरतमा छ । त्यस्तै एट्लेटिको मड्रिडका स्ट्राइकर एन्टोनी ग्रिजमनलाई क्याम्प नाउमा अनुबन्ध गर्ने लगभग पक्का पक्की छ । 

आफ्नो क्लबका नौ खेलाडीको मुल्य तोक्दै बार्सिलोनाले सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय संचार मध्यमका अनुसार बार्सिलानाले लगभग २७० मिलियन युरो मुल्य तोकेको बताइएको छ । 

उक्त लिस्टमा फिलिप्पे काउटिन्हो, सामुएल उमटिटी र इभान रकिटिकको मुल्य सर्वाधिक रहेको बताएको छ । कोटिन्हो चेल्सी वा लिभरपुल मध्य एक क्लबमा अनुबन्ध हुन सक्ने अनुमान छ । राकिटिका लागि इन्टर मिलान इच्छुक रहेको छ भने उमटिटी आर्सनल जान सक्ने बताइएको छ ।  

आन्द्रे गोमेज यतिबेला लोनमा एभर्टन छन् । उनलाई एभर्टनले नै अनुबन्ध गर्ने छ । राफाएल एल्कान्टारा इन्टर मिलान नजिक रहेका छन् । डेन्जी सुआरेज आर्सनलमा लोनमा छन् । त्यस्तै अन्य खेलाडीमा मार्का कुकुरेल्ला,जोस्पर सेलेस्सेन, आर्डा टुरान र सेर्गी पालेन्सीया पनि बार्सिलोनाको बेचीने खेलाडीको लिस्टमा छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।