काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर १ हजार ८०१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार सोमबार ११ हजार ३२६ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा ८ हजार ७०४ जनाको पीसीआर र २ हजार ६२२ जनाको एन्टिजेन परीक्षण भएको थियो। त्यस्तै, १ हजार ९२४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।
कोरोना संक्रमणबाट सोमबार २४ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ५३३ पुगेको छ। हाल सक्रिय संक्रमित ३८ हजार ३५१ सय छन्।
थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा ७०८ जना छन्। काठमाडौंमा ४४१, भक्तपुरमा १०० र ललितपुरमा १६७ जना संक्रमित थपिएका छन्।