काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि ललितपुरको पुल्चोकस्थित सुमेरु सिटी अस्पतालमा भर्ना भएका ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको पित्तथैलीको शल्यक्रिया भएको छ।
आइतबार अपरान्हबाट पेट दुखेपछि मेयर महर्जन अस्पताल भर्ना भएका थिए। सिटी अस्पतालका जेनेरल सर्जन, युरोलोजिष्ट डा. रबिनबाबु बस्नेतको टोलीले मेयर महर्जनको शल्यक्रिया गरेका हुन्।
डा. बस्नेतले दिएको जानकारी अनुसार अहिले मेयर शाक्यको स्वास्थ्यवस्था सुधारोन्मुख छ। उनले मेयर महर्जनले केही हप्ता आराम गर्नुपर्ने जानकारी दिएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४